चैत्र १४, २०८२ शनिबार | ०५:२६:२३
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

निरज तामाङले जिते सूर्य नेपाल एनपिजिए म्याच-प्लेको उपाधि

फाइनलमा प्रतिस्पर्धा गर्दै निरज तामाङ, तस्विरः सरोज सापकोटा/खेलाडी ।

काठमाडौं । नेपाल नम्बर दुई गल्फर निरज तामाङले सूर्य नेपाल गल्फ टुर २०२४-२५ अन्तर्गत छैटौं प्रतियोगिता, सूर्य नेपाल एनपिजिए म्याच-प्लेको उपाधि जितेका छन् ।

३६ होलको फाइनल प्रतिस्पर्धामा आठौं वरियताका धनबहादुर थापालाई ५/४ ले हराउँदै निरज सिजनको तेस्रो उपाधि जित्न सफल रहे । समग्रमा उनको यो करियरको चौथो उपाधि हो ।

यसअघि निरजले यो सिजन सूर्य नेपाल वेस्टर्न ओपन र सूर्य नेपाल इस्टर्न ओपनको उपाधि जितेका थिए । 

रोयल नेपाल गल्फ क्लबमा भएको फाइनल प्रतिस्पर्धामा निरजले धनबहादुरलाई पहिलो नौ होलमा २ होलले पछि पारे । यसपछि १८ होल सकिंदा निरजले ६ होलको फराकिलो अग्रता बनाएका थिए । एकपक्षीय जितको नजिक निरज पुगेका थिए । तर धनले २७ होलको समाप्तीमा अग्रता ५ होलमा छोट्याए ।  यसपछि ३२औं होलको खेल बराबरीमा सकिएसँगै निरजले ४ होल अगाडि उपाधि जिते ।

उपाधिसँगै निरजले ६० हजार रुपैयाँ प्राप्त गरेका छन् ।  दोस्रो भएका धनले ४२ हजार रुपैयाँ हात पारे ।

च्याम्पियन निरज तामाङ (बायाँ) लाई पुरस्कार वितरण गरिदै । 

निरजले पहिलो चरणमा सूर्य प्रसाद शर्मा, क्वार्टरफाइनलमा रामे मगर र सेमिफाइनलमा दिनेश प्रजापतीलाई हराएका थिए । 
साबिक विजेता दिनेशले तेस्रो स्थान प्राप्त गरे। उनले रवि खड्कालाई १८ होलको प्रतिस्पर्धामा ४\२ ले माथ दिए । दिनेशले ३२ हजार र रविले २४ हजार हात पारे ।

क्वार्टरफाइनलमा पराजित नेपाल नम्बर एक भुवन नगरकोटी, तोरण विक्रम शाही, रामे मगर र प्रदीप कुमार लामाले ११ जनही हजार प्राप्त गरे । पहिलो चरणमा पराजित हुने पशुपति शर्मा, भुवनकुमार रोक्का, टंकबहादुर कार्की, सञ्जय लामा, जयराम श्रेष्ठ, रमेश अधिकारी दीपक मगर र सूर्यप्रसाद शर्माले जनही ६ हजार पाए ।

सन् २०२३/२४ को अर्डर अफ मेरिटको आधारमा १६ प्रोफेसनल गल्फरले प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगिताका विजयी खेलाडीहरुलाई सूर्य नेपाल प्रालिका डेप्युटी जेनरल मेनेजर (मार्केटिङ) केशव प्रधान र नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले पुरस्कार वितरण गरे ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो