माघ १८, २०८२ आइतबार | १०:३३:४०
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

निरज तामाङले जिते सूर्य नेपाल एनपिजिए म्याच-प्लेको उपाधि

फाइनलमा प्रतिस्पर्धा गर्दै निरज तामाङ, तस्विरः सरोज सापकोटा/खेलाडी ।

काठमाडौं । नेपाल नम्बर दुई गल्फर निरज तामाङले सूर्य नेपाल गल्फ टुर २०२४-२५ अन्तर्गत छैटौं प्रतियोगिता, सूर्य नेपाल एनपिजिए म्याच-प्लेको उपाधि जितेका छन् ।

३६ होलको फाइनल प्रतिस्पर्धामा आठौं वरियताका धनबहादुर थापालाई ५/४ ले हराउँदै निरज सिजनको तेस्रो उपाधि जित्न सफल रहे । समग्रमा उनको यो करियरको चौथो उपाधि हो ।

यसअघि निरजले यो सिजन सूर्य नेपाल वेस्टर्न ओपन र सूर्य नेपाल इस्टर्न ओपनको उपाधि जितेका थिए । 

रोयल नेपाल गल्फ क्लबमा भएको फाइनल प्रतिस्पर्धामा निरजले धनबहादुरलाई पहिलो नौ होलमा २ होलले पछि पारे । यसपछि १८ होल सकिंदा निरजले ६ होलको फराकिलो अग्रता बनाएका थिए । एकपक्षीय जितको नजिक निरज पुगेका थिए । तर धनले २७ होलको समाप्तीमा अग्रता ५ होलमा छोट्याए ।  यसपछि ३२औं होलको खेल बराबरीमा सकिएसँगै निरजले ४ होल अगाडि उपाधि जिते ।

उपाधिसँगै निरजले ६० हजार रुपैयाँ प्राप्त गरेका छन् ।  दोस्रो भएका धनले ४२ हजार रुपैयाँ हात पारे ।

च्याम्पियन निरज तामाङ (बायाँ) लाई पुरस्कार वितरण गरिदै । 

निरजले पहिलो चरणमा सूर्य प्रसाद शर्मा, क्वार्टरफाइनलमा रामे मगर र सेमिफाइनलमा दिनेश प्रजापतीलाई हराएका थिए । 
साबिक विजेता दिनेशले तेस्रो स्थान प्राप्त गरे। उनले रवि खड्कालाई १८ होलको प्रतिस्पर्धामा ४\२ ले माथ दिए । दिनेशले ३२ हजार र रविले २४ हजार हात पारे ।

क्वार्टरफाइनलमा पराजित नेपाल नम्बर एक भुवन नगरकोटी, तोरण विक्रम शाही, रामे मगर र प्रदीप कुमार लामाले ११ जनही हजार प्राप्त गरे । पहिलो चरणमा पराजित हुने पशुपति शर्मा, भुवनकुमार रोक्का, टंकबहादुर कार्की, सञ्जय लामा, जयराम श्रेष्ठ, रमेश अधिकारी दीपक मगर र सूर्यप्रसाद शर्माले जनही ६ हजार पाए ।

सन् २०२३/२४ को अर्डर अफ मेरिटको आधारमा १६ प्रोफेसनल गल्फरले प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगिताका विजयी खेलाडीहरुलाई सूर्य नेपाल प्रालिका डेप्युटी जेनरल मेनेजर (मार्केटिङ) केशव प्रधान र नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले पुरस्कार वितरण गरे ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।