अन्तरप्रदेश खेलकुद

अन्तरप्रदेश खेलकुदः बागमती अगाडि

अन्तरप्रदेश खेलकुदको बक्सिङका पदक विजेतालाई पुरस्कृत गरिदै

चितवन । आयोजक प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा जारी  प्रथम अन्तरप्रदेश खेलकुदमा  बिहीबारसम्मको खेल समाप्तिमा सर्वाधिक ६० स्वर्ण पदकका साथ घरेलु टोली बागमती शीर्ष स्थानमा छ ।

विभिन्न नौ खेलका  १३४ स्पर्धा समावेश प्रतियोगितामा बिहीबारसम्म १०९ स्वर्णको छिनोफानो भइसकेको छ । यो नतिजासँगै बागमती समग्रमा टिम च्याम्पियन बन्ने पनि निश्चित भएको छ । अब पुरुष क्रिकेट तथा पुरुष/महिला फुटबल र भलिबल गरी पाँच स्वर्णको टुंगोल लाग्न बाँकी छ ।

सुदूरपश्चिम प्रदेश २१ स्वर्ण पदका साथ दोश्रो तथा कोशी प्रदेश १४ स्वर्ण पदका साथ तेश्रो स्थानमा छन् ।

यसैगरी कर्णाली प्रदेश र लुम्बिनी प्रदेशले ११, गण्डकी प्रदेशले नौं तथा मधेश प्रदेशले तीन स्वर्ण हात पारेका  छन् ।

बक्सिङः बागमतीलाई सर्वाधिक नौं स्वर्ण

 बक्सिङमा बागमती प्रदेशले सर्वाधिक ९ स्वर्ण जितेका छ । लुम्बिनीले ५, कर्णालीले ४, सुदूरपश्चिमले ३ र कोशीले २ स्वर्ण जिते । पुरुषमा १३ र महिलामा १० गरी २३ स्पर्धामा प्रतिस्पर्धा भएको थियो ।

पुरुष ४८ केजीमा बागमतीका बागमतीका रविन थापा, ५१ केजीमा बागमतीका लालप्रसाद उप्रेती, ५४ केजीमा बागमतीका मदनकृष्ण डंगोल, ५७ केजीमा बागमतीका निराजन मोक्तान, ६० केजीमा गण्डकीका निश्चल गुरुङ, ६३।५ केजीमा सुदूरपश्चिमका महेन्द्र चन्द, ६७ केजीमा कर्णालीका प्रासङ सुब्बाले स्वर्ण पदक जिते । 
यसैगरी  ७१ केजीमा बागमतीका अश्विन धिरन श्रेष्ठ, ७५ केजीमा गण्डकीका तार्जन घर्ती मगर, ८० केजीमा सुदूरपश्चिमका बालाजी रावल, ८६ केजीमा गण्डकीका किरण विक, ९२ केजीमा गण्डकीका सुनिल श्रेष्ठ र ९२ केजीमाथि बागमतीका करण तामाङले स्वर्ण पदक चुमे

महिलाको ४८ केजीमा बागमतीकी सुष्मा तामाङ, ५० केजीमा बागमतीकी रमिशा श्रेष्ठ, ५२ केजीमा गण्डकीकी सोनिया बडुवाल, ५४ केजीमा कर्णालीकी अन्जनी तेली, ५७ केजीमा कोशीकी नारिका राई, ६० केजीमा कोशीकी जोनु लिम्बुले स्वर्ण पदक हात पारे ।

यसैगरी ६३ केजीमा बागमतीकी तनुजा नेपाली, ६६ केजीमा सुदूरपश्चिमकी प्रतिक्षा रोकाया, ७० केजीमा कर्णालीकी कोश डोमा शेर्पा र ७५ केजीमा कर्णालीकी सिला महर्जनले स्वर्ण पदक जिते  ।