सहिद स्मारक ‘सी’ डिभिजन लिग

बराबरीमा रोकिए महावीर र खालीबारी

सानेपा क्लब

काठमाडौं । सहिद स्मारक ‘सी’ डिभिजन लिगमा बिहीबार महावीर स्ट्डिज एण्ड एथलेटिक्स एसोसिएसन र खालीबारी फुटबल क्लब गोलरहित बराबरीमा रोकिएका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दुवै टोलीले पाएका केही अवसरलाई सदुपयोग गर्न सकेनन् ।

यो निताजसँगै महावीरले दुई खेलमा दुई अंक जोडेको छ । खालीबारीको समान खेलबाट एक अंक छ ।

पहिलो खेलमा खालीबारी आरसी ३२ फुटबल एकेडेमीसँग १-० ले पराजित हुँदा महावीरले रानीवन स्पोर्टस क्बलाई १-१ को बराबरीमा रोकेको थियो ।

 सानेपा क्लब

बिहीबार नै सम्पन्न अर्को खेलमा सानेपा क्लब र सामाजीक युथ क्लब १-१ को बराबरीमा रोकिएका छन् ।सानेपाका लागि सम्भ्रान्तसिंह डंगोल तथा सामाजीकका लागि युगेश श्रेष्ठले गोल गरे ।

यो नितजासँगै दुवै टोलीले समान दुई खेलबाट एक अंक जोडेका छन् ।

खेलमा अग्रता लिएर पनि त्यसलाई जोगाउन नसक्दा सानेपा अंक बाँड्न बाध्य बन्यो । खेलको नवौं मिनेटमै सम्भ्रान्तको गोलमार्फत सानेपाले अग्रता लिएको थियो ।

पहिलो हाफको अन्तिम मिनेटमा युकेशले पेनाल्टीमार्फत गोल गर्दै सामाजीकलाई बराबरीमा ल्याए । त्यसपछि थप गोल निस्कन सकेन ।

पहिलो खेलमा सानेपा बागतमी युथ क्लबसँग ३-१ तथा सामाजीक पुल्चोक स्पोर्टस क्लबसँग ३-० ले पराजित भएका थिए ।