माघ १६, २०८२ शुक्रबार | ११:२७:४५
अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ?

सद्भाव, सिद्धान्त र आइन्स्टिना शीर्ष स्थानमा

सद्भाव आचार्य

काठमाडौं । नेपाल गल्फ संघद्वारा आयोजित फाल्डो जुनियर टुर नेपाल च्याम्पियनसीपको दोस्रो दिन सद्भाव आचार्य, सिद्धान्त सापकोटा र आइन्स्टिना टण्डनले आ-आफ्नो उमेर समुहमा अग्रता लिएका छन् ।

रोयल नेपाल गल्फ क्लबमा भएको च्याम्पियनसीप अन्तर्गत पुरुष १७ देखि २१ वर्ष उमेर समुहमा राष्ट्रिय टिमका सदस्य सद्भाव आचार्यले ५-ओभर ७३ को स्कोर दर्ज गरे। समग्रमा इभन-पार १३६ सहित ३६ होलको समाप्तीमा सद्भावले संसार विकलाई १७ स्ट्रोकको फराकिलो अन्तरमा पछि पारे। यससँगै सद्भावले उपाधि जित्दै फाल्डो सिरिज एसिया फाइनलमा‌ छनोट हुने संभावनालाई बलियो बनाएका छन्।

पहिलो दिनको तुलनामा सद्भावले बिहीबारको खेल भने बिगारे। उनले पहिलो होलमा नै डबल बोगीको सामना गरे। चौथो होलमा एक सट बचाए भने सातौं होलको बोगीले फ्रन्ट नाइन २-ओभर ३६ मा सकाए।

त्यसपछि १०औं होलमा बर्डी प्रहार गरे पनि ११औं, १२औं, १३औं र १७औं होलमा एक/एक सट खेर फालेका सद्भावले ब्याक नाइन ३-ओभर ३७ मा पुरा गरे।

दोस्रो स्थानमा रहेका संसारले आज ९-ओभर ७७ मा सकाउँदा समग्रमा १७-ओभर १५३को स्कोर दर्ज गरे। उनले फ्रन्ट नाइन ४-ओभर ३८ र ब्याक नाइन ५-ओभर ३९ मा खेल पुरा गरेका हुन्। 
समग्रमा २३-ओभर १५९ सहित स्वप्नील भट्टराई तेस्रो स्थानमा छन। उनले आज १३-ओभर ८१ मा खेल सकाए।

च्याम्पियनसीपको पुरुष १२ देखि १६ वर्ष उमेर समुहमा सिद्धान्त सापकोटा समग्रमा २२-ओभर १५९सहित शीर्ष स्थानमा उक्लिएका छन। उनले दोस्रो दिनको खेल १७-ओभर ८५ मा सकाए। यो स्कोरमा उनले सोहम अग्रवाललाई ६ स्ट्रोकले पछि पारे।

सोहमले आज २०-ओभर ८८ खेल्दा समग्रमा ४१-ओभर १ सय ७७ स्कोर दर्ज गरे। पहिलो दिनका लिडर इदान्तसिंह साउद समग्रमा ४३-ओभर १७९सहित तेस्रो स्थानमा झरे। उनले आज २७-ओभर ९५ मा खेल पुरा गरे।

महिलातर्फ आइन्स्टिना टण्डन समग्रमा ३३-ओभर १ सय ७५ सहित शीर्ष स्थानमा उक्लिएकी छन्। उनले अवानी राईलाई सात स्ट्रोकले पछि पारिन्। आइन्स्टिनाले आज १४-ओभर ८२ को स्कोर कार्ड तयार पारिन्।

समग्रमा ४६-ओभर १८२सहित अवानी दोस्रो स्थानमा झरेकी छन्।‌ उनले आज २६-ओभर ९४ मा खेल सकाइन्।

५४ होलको तीन दिने प्रतियोगितामा पुरूषतर्फ २७ र चार महिलागरी कुल ३१ खेलाडीको सहभागीता छ। तीन विधाका विजेताले फाल्डो सिरिज एसिया फाइनल खेल्न पाउनेछन्।

प्रतियोगिता सकिएपछि तीन विधाको विजेता खेलाडीको स्कोर संघले फाल्डो फाउन्डेसनलाई पठाउने र त्यसपछि स्पेन वा भियतनाममा नेपालका खेलाडीले देशको प्रतिनिधित्व गर्नेछन्।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।