चैत्र ६, २०८२ शुक्रबार | १०:०२:०९
नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो

सद्भाव, सिद्धान्त र आइन्स्टिना शीर्ष स्थानमा

सद्भाव आचार्य

काठमाडौं । नेपाल गल्फ संघद्वारा आयोजित फाल्डो जुनियर टुर नेपाल च्याम्पियनसीपको दोस्रो दिन सद्भाव आचार्य, सिद्धान्त सापकोटा र आइन्स्टिना टण्डनले आ-आफ्नो उमेर समुहमा अग्रता लिएका छन् ।

रोयल नेपाल गल्फ क्लबमा भएको च्याम्पियनसीप अन्तर्गत पुरुष १७ देखि २१ वर्ष उमेर समुहमा राष्ट्रिय टिमका सदस्य सद्भाव आचार्यले ५-ओभर ७३ को स्कोर दर्ज गरे। समग्रमा इभन-पार १३६ सहित ३६ होलको समाप्तीमा सद्भावले संसार विकलाई १७ स्ट्रोकको फराकिलो अन्तरमा पछि पारे। यससँगै सद्भावले उपाधि जित्दै फाल्डो सिरिज एसिया फाइनलमा‌ छनोट हुने संभावनालाई बलियो बनाएका छन्।

पहिलो दिनको तुलनामा सद्भावले बिहीबारको खेल भने बिगारे। उनले पहिलो होलमा नै डबल बोगीको सामना गरे। चौथो होलमा एक सट बचाए भने सातौं होलको बोगीले फ्रन्ट नाइन २-ओभर ३६ मा सकाए।

त्यसपछि १०औं होलमा बर्डी प्रहार गरे पनि ११औं, १२औं, १३औं र १७औं होलमा एक/एक सट खेर फालेका सद्भावले ब्याक नाइन ३-ओभर ३७ मा पुरा गरे।

दोस्रो स्थानमा रहेका संसारले आज ९-ओभर ७७ मा सकाउँदा समग्रमा १७-ओभर १५३को स्कोर दर्ज गरे। उनले फ्रन्ट नाइन ४-ओभर ३८ र ब्याक नाइन ५-ओभर ३९ मा खेल पुरा गरेका हुन्। 
समग्रमा २३-ओभर १५९ सहित स्वप्नील भट्टराई तेस्रो स्थानमा छन। उनले आज १३-ओभर ८१ मा खेल सकाए।

च्याम्पियनसीपको पुरुष १२ देखि १६ वर्ष उमेर समुहमा सिद्धान्त सापकोटा समग्रमा २२-ओभर १५९सहित शीर्ष स्थानमा उक्लिएका छन। उनले दोस्रो दिनको खेल १७-ओभर ८५ मा सकाए। यो स्कोरमा उनले सोहम अग्रवाललाई ६ स्ट्रोकले पछि पारे।

सोहमले आज २०-ओभर ८८ खेल्दा समग्रमा ४१-ओभर १ सय ७७ स्कोर दर्ज गरे। पहिलो दिनका लिडर इदान्तसिंह साउद समग्रमा ४३-ओभर १७९सहित तेस्रो स्थानमा झरे। उनले आज २७-ओभर ९५ मा खेल पुरा गरे।

महिलातर्फ आइन्स्टिना टण्डन समग्रमा ३३-ओभर १ सय ७५ सहित शीर्ष स्थानमा उक्लिएकी छन्। उनले अवानी राईलाई सात स्ट्रोकले पछि पारिन्। आइन्स्टिनाले आज १४-ओभर ८२ को स्कोर कार्ड तयार पारिन्।

समग्रमा ४६-ओभर १८२सहित अवानी दोस्रो स्थानमा झरेकी छन्।‌ उनले आज २६-ओभर ९४ मा खेल सकाइन्।

५४ होलको तीन दिने प्रतियोगितामा पुरूषतर्फ २७ र चार महिलागरी कुल ३१ खेलाडीको सहभागीता छ। तीन विधाका विजेताले फाल्डो सिरिज एसिया फाइनल खेल्न पाउनेछन्।

प्रतियोगिता सकिएपछि तीन विधाको विजेता खेलाडीको स्कोर संघले फाल्डो फाउन्डेसनलाई पठाउने र त्यसपछि स्पेन वा भियतनाममा नेपालका खेलाडीले देशको प्रतिनिधित्व गर्नेछन्।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो