नेपाली खेलकुद

खेलकुद मन्त्रालय र काठमाडौं विश्वविद्यालयबीच साम्झौता

काठमाडौं । खेलकुद शिक्षासम्बन्धि  शैक्षिक कार्यक्रमहरुको विकास गर्ने लक्ष्यका साथ युवा तथा खेलकुद मन्त्रालय र काठमाडौं विश्वविद्यालयबीच बुधबार साझेदारी सम्झौता भएको छ ।

युवा तथा खेलकुद मन्त्रालयकोतर्फबाट निमित्त सचिव शिवप्रसाद रेग्मी र काठमाडौं विश्वविद्यालयकोतर्फबाट उपकुलपति प्रा.भोला थापाले साझेदारी पत्रमा हस्ताक्षर गरे ।

भविष्यमा खेलकुद विज्ञान, व्यवस्थापन र शिक्षालाई साथ-साथै लैजाने उद्देश्यसहित सम्झौता भएको बताइएको छ।

सम्झौतामा मुख्य गरी विश्वविद्यालयमा खेलकुदसम्बन्धि अध्ययन तथा अध्यापनका लागि छोटो अवधिको पाठ्यक्रम निमार्ण गर्ने,  स्नातक, स्नातकोत्तर र विद्यावारिधिका निम्ति समेत सम्भाव्यताको खोजी गर्ने जस्ता विषयलाई प्राथमिकता दिइएको छ।

सम्झौतापछि युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले नयाँ थालनी भएकोमा खुसी ब्यक्त गर्दै यसले नेपालीको खेलकुदको विकासमा सहयोग पुग्ने विश्वास लिएको बताए।

‘खेलकुद शिक्षाको क्षेत्रमा नयाँ सुरुआतको साक्षी हुन पाउँदा निक्कै हर्षित छु। मलाई विश्वास छ, यो कदमले भविष्यमा नेपालली खेलकुदको विकासमा सहयोग पुग्नेछ,’ मन्त्री श्रेष्ठले भने ।