जुनियर र क्याडेट वर्ल्ड फेन्सिङ च्याम्पियनसिप

कृपाले जुनियर र क्याडेट वर्ल्ड च्याम्पियनसिपमा सहभागिता जनाउने

काठमाडौं । नेपालकी कृपा गुरुङले जुनियर र क्याडेट वर्ल्ड फेन्सिङ च्याम्पियनसिपमा सहभागिता जनाउने भएकी छन् ।

प्रतियोगिता साउदी अरेबियाको रियादमा अप्रिल १० देखि २० सम्म हुनेछ । नेपाली टोलीको व्यवस्थापकमा विजय शाही रहेका छन् ।

नेपाल ओलम्पिक कमिटीका  उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज बैद्यले सफलताको शुभकामना दिँदै टोलीको बिदाइ गरे ।

टोली आइतबार नै साउदी अबरेबिया प्रस्थान गरेको छ । कृपाले महिला ब्यक्तिगत इपीको क्याडेट र जुनियनर दुवैमा प्रतिस्पर्धा गर्नेछिन् ।