ह्यान्डबल

ह्यान्डबलको प्रशिक्षण सम्पन्न

काठमाडौं । महांककाल स्पोर्टस क्लबको आयोजनामा ह्यान्डबलको एक दिने प्रशिक्षण सम्पन्न भएको छ ।

नेपाल ह्यान्डबल संघको प्राविधिक सहयोगमा शुक्रबार भएको प्रशिक्षणमा ६० जनाले सहभागिता जनाएका थिए ।

कालीलेदवी माविको खेल मैदानमा सहभागीलाई श्यामराज सिंहले प्रशिक्षण दिएका थिए । प्रशिक्षणमा सहभागीलाई ह्यान्डबाल प्रविधिक पक्षको बारेमा जानकारी गराइएको थियो ।

बागमती गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष राजकुमारलामाले प्रशिक्षण कार्यक्रमको उद्घाटन गरेका थिए ।