स्पेन-कोलम्बिया

स्पेन कोलम्बियासँग पराजित

काठमाडौं । तीन खेलाडीले डेब्यु गरेको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पूर्व विश्व च्याम्पियन स्पेन कोलम्बियासँग १–० ले पराजित भएको छ ।

शुक्रबार राति भएको खेलमा कोलम्बियालाई जिताउन डानियल मुनोजले गोल गरेका हुन् । लुइस डिआजले मिलाएको बललाई भली एक्रोब्याटिकमार्फत ६१औं मिनेटमा मुनोजले निर्णायक गोल गरे ।

लन्डन मैदानमा भएको खेलमा स्पेनले गोलका अवसर शृंजना गरेपनि सफल भएन । सन् २०१६ पछि स्पेन पहिलो पटक मैत्रीपूर्ण खेलमा पराजित भएको हो । त्यतिबेला जर्जियासँग पराजित भएको थियो ।

स्पेनले बार्सिलोनाका १७ वर्षीय खेलाडी पाउ कुबार्सीसँगै रियाल सोसिडाडका गोलकिपर एलेक्स रेमिरो र एथ्लेटिको बिल्वाओका रक्षक डानियल भिमिअनले डेब्यु गरेका हुन् । कुबार्सी कम उमेरमा डेब्यु गर्ने खेलाडी बनेका छन् ।

शनिबार राति नै भएको मैत्रीपूर्ण खेलमा नेदरल्यान्ड्सले स्कटल्यान्डलाई ४–० ले पराजित गरेको छ ।