एनएनआइपिए स्पोर्टस अवार्ड

१७ औं संस्करणको एनएनआइपिए स्पोर्टस अवार्डको तयारी पूरा

काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले आयोजना गर्ने १७ औं संस्करणको एनएनआइपिए स्पोर्टस अवार्डको सम्पूर्ण तयारी पूरा भएको छ ।

संघले शनिबार पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको हाे ।

अवार्ड कार्यक्रम चैत २० गते सोमबार ठमेलस्थित अल्फ्ट होटलमा हुनेछ ।

अवार्डमा ओलम्पिक कमिटीबाट आधिकारिकता प्राप्त २७ खेलका उत्कृष्ट एक खेलाडीलाई जनही १० हजार रुपैयाँसहित सम्मान गरिनेछ ।

यस पटक फुटबल, एथलेटिक्स, ह्यान्डबल, गल्फ, उसु, भारोत्तोलन, सुटिङ, जुडो, ब्याडमिन्टन, आर्चरी, टेबल टेनिस, बक्सिङ, साइक्लिङ, फेन्सिङ, जिम्न्यास्टिक, हक्की, स्विमिङ, ट्रायथोलन, स्की, कुस्ती, बास्केटबल, कबड्डी, कराते, र्याफ्टिङ, भलिबल, तेक्वान्दो  र लन टेनिसका खेलाडी सम्मानित हुनेछन् ।

त्यसैगरी, उत्कृष्ट खेलाडीमध्ये एक पुरुष तथा महिला सर्वोत्कृष्ट खेलाडीलाई सम्मानपत्र तथा एक लाख रुपैयाँसहित सम्मान गर्ने आयोजकले जनाएको छ ।

एक पुरुष तथा महिलालाई प्रतिभाशाली खेलाडी सम्मान तथा एक पुरुष र एक महिलालाई उदियमान खेलाडी सम्मान प्रदान गरिनेछ । यस विधाका विजेताले जनही ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

एकजना पाका खेलकर्मीलाई ३५ हजार रुपैयाँको गजराज आदर्श खेल व्यक्तित्व अवार्ड प्रदान गरिनेछ। यसैगरी एक खेलपत्रकारलाई २५ हजार रुपैयाँसहित एनएनआइपीए खेल पत्रकारीता पुरस्कार प्रदान गरिनेछ ।

एक जनालाई १५ हजार रुपैयाँसहित वर्ष उत्कृष्ट पारा खेलाडी सम्मान प्रदान गरिने आयोजकले बताएको छ ।