पल्सर स्पोर्टस अवार्ड

एनएसजेएफ पल्सर स्पोर्टस अवार्डमा फुटबलको बर्चश्व

काठमाडौं । खेलकुद पत्रकार मञ्चले आयोजना गर्दै आएको नेपाली खेलकुद क्षेत्रको प्रतिष्ठित ‘एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०७८’ मंगलबार समापन भएको छ ।

कमलादीस्थित प्रज्ञा प्रतिस्ठानमा भएको अवार्डको १९औं संस्करणमा पिपल्स च्वाइस विधा,वर्ष पुरुष खेलाडी, वर्ष महिला खेलाडी, वर्ष युवा खेलाडी, वर्ष प्रशिक्षक, लाइफटाइम एचिभमेन्ट, एसियन स्पोर्टस जर्नालिस्ट र पारा एथलिट सम्मान गरी नौ विधा समावेश गरिएको थियो ।

यसपटक लाइफटाइम एचिभमेन्ट अवार्ड रघुराज वन्त, स्पेसल अवार्ड, ब्याडमिन्टनका नेपाल च्याम्पियन रत्नजित तामाङ, सरादेबी तामाङ र नङशल देबी तामाङका बुबा आमा दान बहादुर तामाङ र मायादेबी मोक्तान, एथ्लेटिक्स सम्मान पारा तेक्वान्दोकी पलेस गोवर्धन र एसियन स्पोर्टस जनालिस्ट सम्मान कतारका मोहम्मद हिजीले प्राप्त गरे ।

यी चार विधाका विजेता अवार्डकै दिन घोषणा गरिएको थियो भने पाँच विधाको भने मनोनय सर्वाजनीक गररे विजेता घोषणा गरिएको हो । यी पाँचमध्ये  तीन विधमा फुटबल तथा दुईमा भलिबलबाट विजेता भए ।

फुटबलबाट अञ्जन विष्टले वर्ष खेलाडी, अब्दुल्लाह अल्मुताइरीले प्रशिक्षक र मनिष डाँगीले युवा खेलाडीको अवार्ड प्राप्त गर्दा भलिबलबाट अरुणा शाहीले वर्ष महिला तथा उषा भण्डारीले पिपल्स च्वाइस अवार्ड प्राप्त गरे ।

अञ्जनले फुटबलकै राष्ट्रिय कप्तान किरण चेम्जोङ, क्रिकेटका राष्ट्रिय खेलाडीहरु कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरी तथा ब्याड्मिन्टनका प्रिन्स दाहाललाई पछि पारेका हुन् ।

वर्षको उत्कृष्ट प्रशिक्षकको मनोनयमा अब्दुल्लाह अल्मुताइरीसँगै क्रिकेटका क्रिकेटका डेभ ह्वाटमोर, भलिबलका जगदिश भट्ट, बक्सिङका दीपक महर्जन र पारा तेक्वान्दोका कविराज नेगी लामा थिए ।

यसैगरी, मनिषले सर्वोकृष्ट युवा खेलाडीको पुरस्कारमाथि कव्जा जमाउँदा मनोनयनमा परेका महिला राष्ट्रिय भलिबलकी उषा भण्डारी, महिला राष्ट्रिय फुटबलर प्रिती राई, बक्सिङका छिरिङ वाङ्दी शेर्पा र ब्याड्मिन्टनकी रसिला महर्जनलाई पछि पारेका हुन् ।


लोकप्रिय मतका साथ पिपल्स च्वाइस अवार्ड प्राप्त गर्ने क्रममा उषाले फुटबलका अञ्जन विष्ट, क्रिकेटका आसिफ शेख, पौडीकी डुवाना लामा र टेनिसकी अभिलाषा विष्टलाई पछि पारिन् ।

पिपुल्स च्वाइस अवाडमा ई-सेवाको मतभार ५० प्रतिशत, सामाजिक सञ्जाल फेसबुक लाइकको मतभार २५ प्रतिशत (एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको आधिकारिक फेसबुक पेजबाट गर्नुपर्ने) र राष्ट्रिय प्रशिक्षक तथा खेल पत्रकारको मतभार समान १२.५ प्रतिशत थियो ।

विजेता उषाले ३८.०३२२, अञ्जनले ३१.१४०३, आसिफले १४.९९७, अभिलाषा विष्टले ८.३२६७ र डुवानाले ७.५०८३ प्रतिशत मत प्राप्त गरे ।

वर्षको उत्कृष्ट महिला खेलाडी बन्ने क्रममा अरुणाले राष्ट्रिय कप्तान रुविना क्षेत्री र सिता राना मगर, बक्सिङकी पुनम रावल र एथ्लेटिक्सकी पुष्पा भण्डारीलाई पछि पारिन् ।

पुरुष, महिला, प्रशिक्षक, युवा र पिपल्स च्वाइस विधाका विजेताले पल्सर मोटरसाइकल प्राप्त गरेका छन् ।  विधाको विजेताले यसै वर्षबाट मात्र मोटरसाइकल पुरस्कार पाउन लागेको हो । अघिल्लो वर्षसम्म पुरुष, महिला, प्रशिक्षक र पिपल्स च्वाइस विधाका विजेताले मात्र मोटरसाइकल पाउने गरेका थिए । अन्य विधाका विजेताले जनही ५० हजार रुपैयाँ प्राप्त गरेका छन् ।