एसियन क्रस कन्ट्री

एसियन क्रस कन्ट्रीमा नेपाललाई दुई स्वर्ण, चार रजत र दुई कास्य पदक

काठमाडौं  । नेपाल एथलेटिक्स संघको आयोजनामा गोकर्ण गल्फ रिसोर्टमा भएको  एसियन क्रस कन्ट्री  प्रतियोगितामा मंगलबार नेपालले दुई स्वर्ण, चार रजत र दुई कास्य पदक हात पारेको छ ।

त्यस्तै सिनियर महिला र जुनियर महिलामा नेपालले समान दुई रजत पदक जितेको छ । नेपालले थप दुई कांस्य पनि जित्यो ।

सिनियर पुरुष १० किलोमिटर दौडमा दीपक अधिकारीले स्वर्ण पदक जितेका हुन् । सो इभेन्टमा मुकुशबहादुर पालले कास्य पदक जिते । जापानका डाइची कामिनोले ३३ मिनेट ५२.०६ मा दौड पूरा गरेर रजत पदक पाए । 

२६ जनाले भाग लिएको प्रतिस्पर्धामा नेपालका मुकेशबहादुर पाल ३४ मिनेट ३३.३९ सेकेन्डमा दौड पूरा गर्दै कास्य पदक जिते । सिनियर पुरुष टिम इभेन्टमा पनि नेपालले स्वर्ण पदक जितेको छ । दीपक, मुकेश र दीपक सुहानले १ घन्टा ४३ मिनेट १९ सेकेन्डमा दौड पूरा गरेर स्वर्ण पदक जिते । इरानले रजत र भारतले कास्य पदक जितेको छ ।

यसैगरी जुनियर ६ किलोमिटमा राममाया बुढा, टम इभेन्टमा राममाया बुढा, राज्यलक्ष्मी रावल र विमला कार्मीको टोलीले, महिला १० किलोमिटरमा राजपुरा पछाइ तथा महिला टिम इभेन्टमा राजपुरा पछाइ, पुस्पा भण्डारी र विन्द्रा धनेको टोलीले रजत पदक जिते ।

जुनियर पुरुष(यु-२०) आठ किलोमिटरमा शेरबहादुर अघिकारी, सञ्जय दामाइ र विकेस घिमिरेको टाेलीले कास्य पदक जित्याे ।