चैत्र ८, २०८२ आइतबार | ०२:४२:१०
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

एम्स बोर्ड बैठक नेपालमा

काठमाडौं । विश्व रनिङको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एन्ड डिस्टेन्स रेस(एम्स) को बोर्ड बैठक नेपालमा हुने भएको छ ।

आगामी जेठ तेस्रो साता काठमाडौंमा एम्सको बोर्ड बैठक हुने सुनिश्चित भएको नेपालका लागि एम्सका दुत टीएस ठकुरीले जानकारी दिए । बैठक जेठ २१ र २२ गते (जुन ४-५) मा

कुनै पनि विधाको विश्वव्यापी संगठनको बोर्ड बैठक नेपालमा हुन लागेको सम्भवतःयो पहिलो हो । यसअघि एसियाली निकायसम्मका बोर्ड बैठक तथा कंग्रेस नेपालमा भएका थिए ।

निरन्तर लबिङ पश्चात एम्सको बोर्ड बैठक नेपालमा होस्ट गर्न सम्भव भएको एम्स दुत ठकुरीले बताए । ‘एम्सको बोर्ड बैठक नेपालमा बस्नु भनेको समग्र देशको पर्यटनका लागि खुशीको खबर हो,’ नेपालगन्ज म्याराथनका संस्थापक ठकुरीले भने, ‘यसले नेपालका बारेमा विश्वव्यापी प्रचार प्रसार हुनेछ । साथै नेपालका रेस आयोजकलाई अन्तर्राष्ट्रिय समुदायसँग सम्बन्ध विस्तार गर्न, दौडको विश्वव्यापी अभियानसँग परिचित हुन र केही सिक्न सुवर्ण अवसर समेत प्रदान गर्नेछ ।’

एम्सले संसारभर वर्ल्ड एथलेटिक्ससँग समन्वय गरेर रोड रेसहरूको नियमन तथा प्रवद्र्धन गर्दछ । एम्सको सन्जाल १२० देशमा छ । करिब ४५० रोड रेस आयोजक यसका सदस्य छन् । संसारभर रोड रेसको मापन र मान्यता एम्सले नै दिने गर्दछ ।

एम्सको बोर्ड मिटिङका लागि आतिथ्यता गर्न लागेकोमा नेपालप्रति एम्सका प्रेसिडेन्ट पाको बोराओले आभार प्रकट गरेका छन् ।

एम्सको बोर्ड बैठकमा करिब डेढ दर्जन राष्ट्रको प्रतिनिधित्व रहनेछ । नेपालगन्ज म्याराथनले सोही अवसरमा आयोजना गर्ने अन्य विशेष कार्यक्रममा कुल दुई दर्जन देशका प्रतिनिधिको सहभागिता रहने अपेक्षा गरेको छ ।

विश्व समुदाय समक्ष समग्र नेपालप्रतिको धारणा बन्ने भएको हुँदा यो प्रतिष्ठाको बिषय रहेको ठकुरीले बताए । ‘तसर्थ सरकारी, गैरसरकारी र नीजि क्षेत्रलाई सहकार्यका लागि आग्रह गरेका छौं ।’ उनले भने–‘आशा छ, सबैबाट सकारात्मक साथ र सहयोग रहनेछ । यसमा व्यक्तिगत तथा संस्थागत सहयोग र सहकार्य गर्न सकिनेछ ।’

नेपालमा नियमित आयोजना हुँदै आएका सम्पुर्ण रोड रेस आयोजकसँग एम्सको अन्तरक्रिया गराउने तयारी गरिएको ठकुरीले जानकारी दिए । एम्सको बोर्ड बैठक लगायत अन्य कार्यक्रम व्यवस्थित र फलदायी बनाउन मुल आयोजक समिति गठन गरिनेछ ।

नेपालका प्रतिष्ठित म्याराथन आयोजकलाई उक्त मुल आयोजक समितिमा समेटिनेछ । एम्सको बोर्डमा युरोप, अमेरिका, जापान, थाइल्यान्ड लगायत दर्जन राष्ट्रको प्रतिनिधित्व रहेको छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो