चैत्र ८, २०८२ आइतबार | ०६:४३:०८
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

पोखरा एथलेटिक्स मिटलाई दक्षिण एसियाली च्याम्पियनसिप छनोटको मान्यता

प्रतियोगिताको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलन, तस्विरः सुदर्शन रञ्जित/पोखरा ।

काठमाडौं । जिल्ला एथलेटिक्स संघ कास्कीको आयोजनामा पहिलो पटक पोखरामा हुने राष्ट्रिय एथलेटिक्स प्रतियोगिता पोखरा एथलेटिक्स मिट २०२५ को तयारी पुरा भएको छ ।

संघले बुधबार एक पत्रकार सम्मेलन गरी यहि चैत्र २९ र ३० गते पोखरा आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको जानकारी दियो । प्रतियोगितालाई भारतको चेन्नईमा हुने दक्षिण एसियाली एथलेटिक्स च्याम्पियनसिपकाे छनोटका रूपमा मान्यता दिइएको छ ।

‘साउथ एसियन च्याम्पियनसिप’ छनोटको मान्यता पाएसँगै प्रतियोगितामा सहभागिता जनाउने खेलाडीको संख्या समेत बढेको कास्की एथलेटिक्स संघका सचिव सिद्धान्त अधिकारीले जानकारी दिए । प्रतियोगितामा महिला र पुरूष गरि २४० जनाले सहभागिता जनाउने छन् ।

प्रदेश खेलकुद परिषद् गण्डकीको समन्वय तथा नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा  तीन विभागीय टोली र सात प्रदेशका खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष गजबहादुर गुरूङले बताए ।

प्रतियोगितामा ट्रयाक एण्ड फिल्डका १२ विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । जसमा पुरुष र महिला दुबै इभेन्टतर्फ १००, २०० , ४०० मिटर, १ जार ५०० मिटर र ५ हजार मिटर तथा ४ गुणा १०० रिले दौड समावेश छ । यस्तै फिल्डतर्फ लङ जम्प, ट्रिपल जम्प, सटपुट, डिस्क थ्रो, जम्पथल र जाभलिन थ्रोमा प्रतिस्पर्धा हुनेछन् । 

प्रतियोगितामा विजेताले ५, ३ र २ हजार रुपैयाँका साथै मेडल तथा ट्रफी पाउने छन् । उत्कृष्ट एक महिला तथा पुरुष खेलाडीलाई जनही १० हजार रुपैयाँ प्रदान गरिनेछ ।

प्रतियोगितामा खेलाडी उत्पादन गर्ने उदेश्यले कास्की जिल्लाका विद्यालयस्तरको (१२ देखि १६ वर्ष मुनीको) १०० मिटर दौड समेत समावेश गरिएको छ । प्रतियोगिता सम्पन्न गर्न करिव १० लाख खर्च हुने आयोजकले जनाएको छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो