चैत्र ६, २०८२ शुक्रबार | १८:१५:०५
दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा

होमलाल र सुनसरी च्याम्पियन

काठमाडौं । नेपाल आर्मीका होमलाल श्रेष्ठ र सुनसरी रोकाया ५५ किलोमिटर दूरीको त्रिशुली अल्ट्रा रेसमा शनिबार च्याम्पियन बनेका छन् ।  होमलाल पुरुष तथा सुनसरी महिलामा पहिलो भएका हुन् ।

नेपाल एडभेन्चर रनिङ महासंघद्वारा आयोजित अल्ट्रा रेसमा होमलालले निर्धारित दूरी ४ घण्टा ३३ मिनेट २२ सेकेन्डमा पूरा गरे । आर्मीकै गोपाल तामाङ ४ घण्टा ३५ मिनेट ५७ सेकेन्ड समयमा दोश्रो तथा सोलुखुम्बुका अर्जुन कुलुङराई ४ घण्टा ४१ मिनेट ४० सेकेन्ड समयमा तेश्रो भए ।

आर्मीका तिलकबहादुर सुनवार, रुकुमका शक्तिराम रोक्का, त्रिशुलीका राजेश उपरकोटी एपिएफका राजेन्द्र तामाङ, आर्मीका जुनेश खड्का, नविल बैंकका शेर थारु र रुकुमका दुर्गाराज बुढा चौथोदेखि १०औं स्थानमा रहे ।

प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको सहयोगमा भएको प्रतियोगिताको महिलामा सुनसरीले निर्धारित दूरी गर्न ५ घण्टा ५१ मिनेट समय खर्चिन् । ६ घण्टा १३ मिनेट २४ सेकेन्डका खोटाङकी निर्मला राई दोश्रो भइन् । तेश्रो स्थानकी नेपाल प्रहरीकी लाक्पा निमा शेर्पाले ७ घण्टा १४ मिनेट २० सेकेन्डमा दौड सकाइन् ।

दुवैतर्फका शीर्ष तीनले क्रमशः १ लाख, ७५ हजार र ५० हजार रुपैयाँ प्राप्त गरे । चौथोले २० हजार, पाँचौंले १० हजार र छैटौंदेखि १०औं स्थानमा रहनेले जनही ३ हजार रुपैयाँ प्राप्त गरे ।

विजेतालाई बागमती प्रदेशका मुख्य मन्त्री बहादुरसिंह लामा, प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्यसचिव दीपक लामा, विदुर नगरपालिकाका उपमेयर प्रभा बोगटी, आयोजक नेपाल एडभेन्चर रनिङ महासंघका अध्यक्ष एकेन्द्रबहादुर कुँवर, राखेपका सदस्य जनकसिंह धामीलगायतले पुरस्कृत गरे । यसअघि प्रतियोगिताको मुख्य मन्त्री लामाले नै उद्घाटन गरेका थिए ।

दौड नुवाकोटको बेलकोटगढीबाट सुरु भइ मलाकोट, शेराकोट, नुवाकोट दरबार, सूर्यगढी, बेत्रावती हुँदै नुवाकोटकै देवीघाट मन्दिरमा आएर टुंगिएको थियो ।

दौडमा तीन विदेशी खेलाडीसहित १२५ खेलाडीको सहभागिता रहेको प्रतियोगिता संयोजक आयोजक महासंघका वरिष्ठ उपाध्यक्ष राजन खत्रीले जनाएका छन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो