विश्व मुवाँथाइ च्याम्पियनसिप

नेपालका पाँच खेलाडीले विश्व मुवाँथाइमा भाग लिने

काठमाठौ । थाइल्यान्डको बैंककमा हुने १८ औं विश्व मुवाँथाइ च्याम्पियनसिपमा नेपालका पाँच खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

आगामी फागुन २८ देखि चैत ६ गतेसम्म हुने प्रतियोगिताको पुरुष ५७ केजीमा गुणराज रुचाल, ५४ केजीमा पुर्णजित राई, ७१ केजीमा नवराज पराजुली र ५१ केजीमा सञ्जय राईले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । महिला ४८ केजीमा डेनिका राईले खेल्ने छिन् ।

टोलीकाे प्रशिक्षकमा गणेशलाल कक्षपती तथा व्यवस्थापकमा निलम अधिकारी छन् । गुणराज, पुर्णजित र नवराज प्रशिक्षणमा पनि सहभागी हुने भएकाले बुधबारै बैंकक प्रस्थान गरिसकेका छन् । बाँकी टोली पछि जाने छ ।

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले बुधबार बिदाई गरे । विश्व च्याम्पियनसिपमा हालसम्म नेपालले हालसम्म एक स्वर्ण, एक रजत र सात कांस्य पदक जितेको नेपाल राष्ट्रिय मुवाँथाइ संघले जनाएको छ ।