आइसिसी यु-१९ विश्वकप एसिया छनोट

नेपाललाई विश्वकपमा छनोट गराउने लक्ष्य छः प्रशिक्षक टमटा

काठमाठौं । नेपाली यु-१९ राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमाटाले टोलीको लक्ष्य विश्वकपमा छनोट हुने रहेको बताएका छन् ।

आइसिसी यु-१९ पुरुष विश्वकप एसिया छनोट खेल्न युएई जानु अघिकाे बिदाई कार्यक्रम पछि प्रशिक्षक टमाटाले हरेक खेल जित्दै विश्वकपमा छनोट हुने प्रयास गर्ने बताएका हुन् ।

प्रशिक्षक टमटाले भने‘आइसिसी विश्वकप लिग टुमा सिनियर खेलाडीहरुले गरेको प्रदर्शनबाट हाम्रो टोलीका केटाहरु पनि उत्साहित भएका छन् । उनीहरुमा पनि हामीले केही गर्न सक्छौं भन्ने भावना आएको छ ।  करिब दुई महिनाको बन्द प्रशिक्षणका क्रममा सिनियर टोलीसँग पनि ६-७ वाट अभ्यास खेल खेल्यौं । यसका लागि सिनियर टोलीलाई धन्यवाद भन्न चाहान्छु । सन्तुलित टोली  बनेको छ । यो हाम्रा लागि अवसर र चुनौती दुवै हो । सन् २०१६ देखि नेपालले यु-१९ विश्वकप खेल्न सकेको छैन । यसअघि नेपालले सातपटक विश्वकप खेलिसकेको छ । यसपटक नेपाललाई विश्वकपमा छनोट गराउने लक्ष्य छ । यसका लागि टोलीले मिहेनत पनि गरिरहेको छ । हाम्रा लागि प्रत्येक खेल फाइनल सरह हो । हामी हरेक खेलमा उत्कृष्ट प्रदर्शन गर्दै विश्वकपमा छनोट हुने प्रयास गर्नेछौं । ’

देव खनालको कप्तान रहेको नेपाली टोली बुधबार नै युएई प्रस्थान गर्दैछ ।

आइसिसी यु-१९ पुरुष विश्वकप एसिया छनोट फागुन १२ गतेदेखी युएईमा आयोजना हुँदैछ । प्रतियोगितामा नेपालसहित सिंगापुर, हङकङ, कुवेत, मलेसिया र आयोजक युएई सहभागी छन् ।

सिंगल राउण्ड रोबिनको पद्धतीमा सञ्चालन हुने प्रतियोगिताको शीर्ष टोली सन्  २०२४ मा श्रीलंकामा आयोजना हुने विश्वकप यु-१९ मा छनोट हुनेछ ।

सार्वजनिक तालिका अुनसार फागुन १२मा सिंगापुरविरुद्ध खेल्दै नेपालले छनोटको सुरुआत गर्नेछ । यसैगरी नेपालले फागुन १३मा कुवेतविरुद्ध खेल्नेछ, फागुन १५ मा हङकङ, फागुन १६ मा मलेसियासँग खेल्दा छनोटको अन्तिम खेल  फागुन १८ मा आयोजक युएईसँग खेल्नेछ ।

नेपाली टोली

देव खलान (कप्तान), दुर्गेश गुप्त, अर्जुन कुमाल, आकाश चन्द, हेमन्त धामी, दीपक बोहरा, आकाश त्रिपाठी, उत्तम थापा मगर, दिपेश कँडेल (उपकप्तान), सुवास भण्डारी, दीपक बोहरा, विशाल विक्रम केसी, मिलन बोहरा, दीपक डुम्रे