अखिल नेपाल फुटबल स‍घ

एन्फा कार्यसमिती बैठक फागुन १७ गते, विभिन्न १९ एजेन्डामा छलफल हुने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले  कार्यसमिती बैठक आगामी फागुन १७ गतेका लागि बाेलाएकाे छ । 

एन्फा स्रोतका अनुसार बिहान आठ बजेका लागि बोलाइएको कर्यासमिति बैठमा विभिन्न १९ एजेन्डामा छलफल हुनेछन् ।

यी हुन् एन्फा कार्यसमिती बैठकमा छलफल हुने १९ एजेन्डा

१  अन्तर्राष्ट्रिय थ्रिनेसन कप आयोजना बारे,
२  महिला ओलम्पिक छनाेट प्रतियोगिता बारे,
३  ‘ए’ डिभिजन लिग तथा महिला राष्ट्रिय लिग सञ्चालन गर्न आगामी  चार वर्षको योजना बारे,
४  ‘बी’ र ‘सी’ डिभिजन लिग सञ्चालन बारे,
५  जिल्ला लिग सञ्चालन बारे,
६  यस वर्षको महिला लिग आयोजना बारे ,
७  विद्यालय स्तरिय महिला र पुरुष दुई/ दुई वटा उमेर समुहको प्रतियोगिता आयोजना बारे,
८  पदपूर्ति समितीले सिफारिस गरिएको कर्मचारी नियुक्ती बारे,
९  महिला र फुटसलको  फ्रेन्चाईज प्रतियोगिता बारे,
१०  महिला एकेडेमी बारे,
११  प्रदेश संघको अधिवेशन बारे,
१२  फुटसल लिग आयोजना बारे,
१३  फ्रेन्चाईज लिगको लागि नेपाल स्पोर्टस इभेन्ट्स म्यानेजमेन्ट( एनइएसएम) लाई प्रतियोगिताको समय उपलब्ध गराउने बारे,
१४  राष्ट्रिय टोली र संघलाई आवश्यक खेलकुद सामग्रीहरु स्पोन्सरशिप र खरिद बारे,
१५  विभिन्न देशमा संघको समन्वय समिति गठन गर्ने बारे,
१६  स्थायी समिती तथा अन्य आवश्यक समिति गठन बारे,
१७  आपतकालिन समिती गठन बारे, 
१८  सिईओ, सहायक महासचिवहरु लगयत कर्मचारी पदाधिकारी नियुक्ती बारे,
१९  विविध ।