विद्यालय खेलकुद

काष्ठमण्डप ‘ए’ लेभल बास्केटबल बिहिबारदेखी हुने

सांकेतिक तस्बिर

काठमाडौं । काष्ठमण्डप ‘ए’ लेभल एकेडेमीको आयोजनामा छैटौं काष्ठमण्डप ‘थ्री बाइ थ्री’ अन्तर ‘ए’ लेभल बास्केटबल प्रतियोगिता बिहीबारदेखी हुने भएको छ ।

प्रतियोगितामा आठ टोलीले लिग कम नकआउट पद्धतीमा प्रतिस्पर्धा गर्ने काष्ठमण्डपका इसिए को-ओर्डिनेटर सुन्दर बुढाथोकीले जनाएका छन् ।

 सहभागी टोलीमा नामी, साइपाल, बूढानीलकण्ठ, मल्पी, काष्ठमण्डप र ग्लोबल कलेज इन्टरनेसनल छन् । साइपाल र बूढानीलकण्ठको समान दुई तथा काष्ठमण्डपको तीन टोलीले प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगिताका खेलहरु मण्डिखटारस्थित आयोजककै कोर्टमा हुनेछन् । पाँचौं संस्करणको उपाधि मल्पीले जितेको थियो । कोरोना महामारीका कारण दुई वर्ष प्रतियोगिता हुन सकेको थिएन ।