पुस १०, २०८२ शुक्रबार | १८:५९:२२
एनपिएलमा छक्का र चौकाबाट बनेका रनबराबर कफी रोपिने नेपाली क्रिकेटका सदावाहर गुरु टमाटा सहित पाँच खेलकर्मी राखेप सदस्य नियुक्त एन्फा यु-१६ युथ लिगः सातदोबाटोको पोस्टमा फ्रेन्ड्सको ९ गोल, शेर्पाले पुलिससँग सात खायो रोहित ‘ओमोडा एन्ड जेको’को ब्रान्ड एम्बासडर आर्मीको सहज जित पुलिसको विजयी सुरुआत अस्ट्रेलिया १५२ रनमै समेटियो, इङ्ल्यान्डको पनि कमजोर सुरुआत अस्ट्रेलियाको कमजोर सुरुआत आजबाट एनभिए च्याम्पियनसिप, पहिलो दिन चार खेल एन्फा यु-१६ युथ लिगः संकटा र मनाङको जित एनपिएलमा छक्का र चौकाबाट बनेका रनबराबर कफी रोपिने नेपाली क्रिकेटका सदावाहर गुरु टमाटा सहित पाँच खेलकर्मी राखेप सदस्य नियुक्त एन्फा यु-१६ युथ लिगः सातदोबाटोको पोस्टमा फ्रेन्ड्सको ९ गोल, शेर्पाले पुलिससँग सात खायो रोहित ‘ओमोडा एन्ड जेको’को ब्रान्ड एम्बासडर आर्मीको सहज जित पुलिसको विजयी सुरुआत अस्ट्रेलिया १५२ रनमै समेटियो, इङ्ल्यान्डको पनि कमजोर सुरुआत अस्ट्रेलियाको कमजोर सुरुआत आजबाट एनभिए च्याम्पियनसिप, पहिलो दिन चार खेल एन्फा यु-१६ युथ लिगः संकटा र मनाङको जित
शनिबारको दिन युइएफए च्याम्पियन्स लिग

आर्सनलका लागि उपाधि अझै केवल रहस्य

काठमाडौं । कुनै पनि फुटबल खेल हार्ने सूत्र के हो? सूत्र सम्भवतः यही हो, जितिन्छ जस्तो गरेर खेल्ने, अनि अन्तिममा हारिदिने । युइएफए च्याम्पियन्स लिग सेमिफाइनल दोस्रो लेगको खेल । सुरुआती २७ मिनेटमा आर्सनलले त्यसरी नै खेल्यो, जित्छु जस्तो गरी । खासमा यो २७ मिनेट समग्र खेलको छोटकरी रूप थियो ।

आर्सनलका समर्थकलाई त्यो २७ मिनेटको खेलले असाध्यै पीडा दिएको हुनुपर्छ । किनभने २७ मध्ये २६ मिनेट आर्सनलले पार्क डेस प्रिन्सेसमा पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई दबाबमा राख्यो । मिडफिल्डमा बलियो देखिएको आर्सनलले बल आफ्नो नियन्त्रणमा राखेको थियो। बल गुमाइहाले पनि तुरुन्तै फिर्ता ल्याउने गथ्र्यो ।

पहिलो हाफको २६ मिनेट आर्सनलका कप्तान मार्टिन ओडेगार्डका लागि त स्वर्णीमकाल नै थियाे । आफूले चाहे अनुसारले बल पास गरिरहेका थिए नर्वेली कप्तान । फलतः आर्सनलले ७५ प्रतिशत बल पोसेसन राख्न सकेको थियो । १० वटा क्रस निकालेका आर्सनलका खेलाडीले ६ पटक पिएसजीको पोस्टमा धावा बोलेका थिए । आर्सनल जित्नैका लागि खेल्दै थियाे । शंका गर्ने कुनै ठाउँ थिएन ।

२७औँ मिनेटमा पिएसजीले बाजी पल्टायो । फाबियन रुइजले गरेको त्यो सुन्दर गोलले पिएसजी समग्रमा २-० ले अघि बढिहाल्यो ।

पार्क डेस प्रिन्सेस अजंगको रंगशाला छ । च्याम्पियन्स लिग वा अन्य कुनै पनि ठूला भिडन्तमा यहाँको माहोल चुम्बकीय हुन्छ । खेल सुरु हुनुअघि धुवाँले मैदान ढाक्छ । घरेलु समर्थकको ध्वनीले मैदानको दुबोसमेत जुरुक्कै उठ्छन् ।

च्याम्पियन्स लिग सेमिफाइनल दोस्रो लेगमा आर्सनलविरुद्ध गोल गरेपछि खुसियाली मनाउँदै पिएसजीका खेलाडी । 

यद्यपि आर्सनलका खेलाडीलाई यहाँको वातावरणले खासै फरक पारेको थिएन । किनभने उनीहरुले पहिलो मिनेटबाटै पिएसजीका खेलाडीलाई उनीहरुकै क्षेत्रमा ठेलेर खेल्ने निधो गरेका थिए । सुरुमै बल खोसेर आफ्नो पक्षमा पारेको आर्सनलले तेस्रो मिनेटमै गोल गर्नु पर्ने थियो। तर जस्टिन टिम्बरको क्रसबाट आएको बललाई डेक्लान राइसले पोस्टतिर छिराउनै सकेनन्। दुई मिनेटपछि अर्को मौका सिर्जना भयो । यसपालि थोमस पार्टेले मिडफिल्डबाट प्रहार गरेको बल पीएसजीका गोलरक्षक जियानलुइजी डोनारुम्माले कसोकसो गरि बचाए ।

आर्सनल रोकिएन । आर्सनलका दुई फुलब्याक टिम्बर र माइल्स लुइस स्केलीले लगातार बल पीएसजीको क्षेत्रमा पुर्याइरहे। त्यत्तिकैमा लुइस स्केलीले प्रहार गरेको क्रसबाट बल ओडेगार्डसामु आइपुग्यो ।  ओडेगार्डले त्यसको फाइदा त उठाए तर उनको प्रहारमा फेरि डोनारुम्मा बाधक बने । विपक्षी गोलकिपरको यो तरिकाले आजित आर्सनलका डेभिड रायाले अनुहार बिगारे । सायद उनी कप्तान ओडेगार्डलाई भन्दै थिए, ‘अरे यस्तो मौकामा त गोल गर्नुपर्छ नि ।’

 आर्टेटासँग हतियार त छ तर त्यसमा धार छैन ।  त्यसले कुनै कुरा पनि काट्दैन । आर्सनल सायद ‘आइसिङ’ नगरेको केक जस्तै छ ।

आर्सनलले हार मानिहाल्नु पर्ने कारण थिएन । त्यसकारण आर्सनलका खेलाडी लगातार आक्रमणमा जुटिरहे। तर कुनै पनि आक्रमणले गोल दिन सकिरहेका थिएनन् । आर्सनलका कतिपय प्रहार गतिला थिएनन् । जति जति खेल अघि बढ्दै गयो, आर्सनलमाथि डरको छायाँ मडारिँदै गयो ।

यता टचलाइनमा आर्सनलका प्रशिक्षक मिकेल आर्टेटा उभिएका थिए । कालो कोट, कालै जुत्ता। झट्ट हेर्दा प्रहरीको स्नाइपर जस्तो देखिन्थे आर्टेटा । केही दिनयता यी प्रशिक्षकलाई होच्याएर लेख्दै थिए फ्रान्सेली मिडिया । एक अखबारले त आर्टेटालाई बढी भावुक भनेर व्याख्या गरेको थियो। सम्भवतः आर्टेटाको चरित्र त्यस्तै नै छ कि? उनी आफ्ना खेलाडीलाई लगातार ऊर्जावान् भएर खेल्न प्रेरित गरिरहन्छन्, जोसुकै विपक्षीविरुद्ध पनि ।

आर्सनल र पिएसजी (नीलाे जर्सी)  प्रतिस्पर्धा गर्दै । 

हुन पनि आर्टेटासँग ओस्माने डेम्बेले छैनन् । डेम्बेलेको त कुरा छाडौं, गाब्रियल जिसस नै छैनन् ।  यस्तो लाग्छ, आर्टेटासँग हतियार त छ तर त्यसमा धार छैन ।  त्यसले कुनै कुरा पनि काट्दैन । आर्सनल सायद ‘आइसिङ’ नगरेको केक जस्तै छ ।

पछिल्ला तीन वर्षमा आर्सनलले धेरै खेलमा राम्रो प्रदर्शन गरेको छ । तर ती खेलका नतिजाबाट आर्सनलले कहिल्यै महत्त्वपूर्ण उपाधि निकाल्न सकेको होइन ।

पेरिस धपक्कै बलेको थियो, सधाझैं । समय वसन्त ऋतुको दिउँसो जस्तै थियो । आर्सनलका समर्थक दिउँसो आइफल टावर छेऊछाऊतिर घुम्दै थिए । सबैलाई थाहा थियो, आर्सनलले के गर्न आवश्यक छ भनेर । बलियो सुरुआत । आर्सनलले गरेको पनि त्यही थियो । तर २७ औँ मिनेटमा पिएसजीले बाजी पल्टायो । फाबियन रुइजले गरेको त्यो सुन्दर गोलले पिएसजी समग्रमा २-० ले अघि बढिहाल्यो ।

पिएसजीले दोस्रो गोल दोस्रो हाफमा थप्यो । दोस्रो गोल खाएको केही मिनेटपछि आर्सनलका बुकायो साकाले एक गोल फर्काए । तर त्यतिले पुग्नेवाला थिएन । अन्ततः पार्क डेस प्रिन्सेसको उज्ज्यालोमा आर्सनलको भरोसाको दीप निभ्यो ।

आर्सनललाई हराएर च्याम्पियन्स लिगको फाइनलमा पुगेपछि खुसियाली मनाउँदै पिएसजी । 

पछिल्ला तीन वर्षमा आर्सनलले धेरै खेलमा राम्रो प्रदर्शन गरेको छ । तर ती खेलका नतिजाबाट आर्सनलले कहिल्यै महत्त्वपूर्ण उपाधि निकाल्न सकेको होइन । उसो त उपाधि जित कुनै रहस्य होइन । यो त अनुभव गर्न सकिने कुरा हो । तर यसका लागि तयार हुनुपर्छ । खेलाडी बजारमा निडर भएर निस्किनु पर्छ । करोडौं डलर कबोल गरेर कसैलाई आफ्नो बनाउनु पर्छ । जसले भनेजति गोल गरोस् ।