चैत्र ९, २०८२ सोमबार | ११:०७:००
पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित

दक्षिणकाली सेमिफाइनलमा, बाहिरियो चन्द्रागिरी

काठमाडौं । चन्द्रागिरी नगरपालिकाविरुद्ध २-१ को रोमाञ्चक जित निकाल्दै दक्षिणकाली नगरपालिका उपत्यकाव्यापी अन्तर पालिका खुला गोदावरी मेयर कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

जितसँगै दुई खेलमा ६ अंक जोडेको दक्षिणकाली समूह ‘सी’ विजेता बन्यो । हार बेहोरेको चन्द्रागिरी समान खेलबाट तीन अंकका साथ दोस्रो स्थानमा रहेर बाहिरियो ।

यसअघि दुवै टोलीले कागेश्वरी मनोहरा नगरापालिकालाई पराजित गरेका थिए । दक्षिणकाली ५-० र चन्द्रागिरी ४-० ले विजयी भएका थिए ।

शनिबार गोदावरी-१० झ्यालुन्टारस्थित निर्माणाधीन गोदावरी बहुउद्देश्यीय रंगशालामा दक्षिणकालीलाई जित दिलाउन दुवै गोल सानुकान्छा तामाङले गोल गरे । चन्द्रागिरीका लागि आयुशमान श्रेष्ठले गोल फर्काए ।

खेलको १८औं मिनेटमा सानुकान्छाको गोलमार्फत दक्षिणकालीले अग्रता लिएको थियो । ३४औं मिनेटमा उनैले टोलीको अग्रता दोब्बर बनाए । 

दोस्रो हाफको सुरुआतमै आयुशमानले गोल गर्दै चन्द्रागिरीलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त बन्न सकेन । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो