पल्सर स्पोटर्स अवार्ड

एनएसजेएफ पल्सर स्पोटर्स अवार्ड: ‘पिपल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक

काडमाडाैं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले प्रत्येक वर्ष गर्दै आएको एनएसजेएफ पल्सर स्पोटर्स अवार्ड २०७८ अन्तर्गत ‘ पिपल्स च्वाइस’ विधाको मनोनयन सर्वाजनिक भएको छ ।

आयोजनक एनएसजेएफ ले सोमबार ‘पिपल्स च्वाइस’ विधाको मनोनयन सर्वाजनिक गरेको हो । यसपटक पौडीकी डुवान लामा, फुटबलका अञ्जन विष्ट, टेनिसकी अभिलाषा विष्ट, भलिबलकी उषा भण्डारी र क्रिकेटका आसिफ शेख ‘पिपल्स च्वाइस’ विधाको मनोनयनमा मा परेका छन् ।

डुवाना लामा

– नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा नौ स्वर्ण, एक रजत पदक,
– १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा तीन रजत र ३ तीन कांस्य पदक,
– आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ६ स्वर्ण र पाँच रजत पदक,
– २०६४ सालदेखि निरन्तर पौडीमा सक्रिय सहभागिता,
– फिना विश्व च्याम्पियनसिप २०१८, चीन,
– हङकङ ओपन स्विमिङ च्याम्पियनसिप २०१८,
– १९औं फिना विश्व च्याम्पियनसिप बुडापेस्ट २०२२,
– सिंगापुर नेसन्स च्याम्पियनसिप,
– एसियन एज ग्रुप च्याम्पियनसिप ।

अञ्जन विष्ट  

– बंगलादेशविरुद्धको मैत्रीपुर्ण खेलमा ह्याट्रिक । राष्ट्रिय टिमबाट ह्याट्रिक गर्ने छैटौं नेपाली खेलाडी,
– राष्ट्रिय टोलीबाट ११ गोल गर्दै । सर्वाधिक गोलकर्ताको दौडमा तेस्रो स्थानमा रहन सफल । उनीभन्दा अगाडि नीराजन रायमाझी र हरि खड्का मात्र छन् ,
– पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा निर्णायक गोल । उनको गोलबाट १४ वर्षपछि पाकिस्तानलाई हराउन सफल, 
– विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ को छनोटअन्तर्गत समूह ‘बी’ मा चाइनिज ताइपेइविरुद्ध गोल,
– १३ औँ साफ च्याम्पिन्सीसपमा श्रीलङ्का र बंगलादेशविरुद्ध गोल, 
– भारतको फुटबल लिगमा मुम्बई केन्क्रे एएफसीबाट व्यावसायिक फुटबल खेलेका ,
– मनाङ मस्र्याङ्दीका पूर्वकप्तान,
– हाल चर्च ब्वाइज युनाइटेडसँग आबद्ध ।

अभिलाषा विष्ट

– नेपालकी नम्बर एक महिला टेनिस खेलाडी,
– आइटिएफअन्तर्गतका प्रतियोगितामा व्यावसायिक टेनिस खेलिरहेकी ,
– प्रोफेसनल टेनिस खेल्ने नेपालकी एकमात्र महिला खेलाडी, 
– त्रिभुवन आर्मी क्लबबाट खेल्दै नवौं राष्ट्रिय खेलकुदमा चारै स्वर्ण पदकमा क्लिनस्विप गर्दै कीर्तिमान । महिला टिम इभेन्ट, महिला एकल, महिला डबल्स र मिक्स डबल्समा स्वर्ण पदक, 
– वीर गणेशमान सिंह राष्ट्रिय ओपन टेनिसअन्तर्गत महिला एकलमा स्वर्ण,
– १९औं माछापुच्छ्रे बैंक राष्ट्रिय ओपन टेनिसको महिला एकलमा स्वर्ण,
– पाकिस्तानमा भएको आईटीएफ वर्ल्ड र्यारङकिङ प्रतियोगिताको महिला एकलमा रजत , महिला डबल्समा स्वर्ण,
– आईटिएफ विश्व र्यारङकिङ प्रतियोतगा पोखरामा महिला डबल्समा स्वर्ण पदक ।

उषा भण्डारी 
– नेपाली राष्ट्रिय भलिबल टोलीकी महत्वपूर्ण सदस्य
– नेपालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) नेपाली महिला भलिबल टोलीले रजत जित्दा सदस्य । उनले यसै प्रतियोगितामा बंगादेशसँग खेल्दै  राष्ट्रिय टोलीमा डेब्यु गरेकी हुन् ,
– नेपाल सन् २०१९ मा बंगलादेशमा सम्पन्न एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियन टिम बन्दाकी सदस्य । जतिबेला उनी १४ वर्षको उमेरमा थिइन् ,
– नेपालले २०२१ को डिसेम्बरमा दोस्रो पटक सेन्ट्रल जोन भलिबलको उपाधि जित्दाकी महत्वपूर्ण सदस्य ,
– घरेलु प्रतियोगिताहरू नेपाल पुलिस क्लबबाट खेल्ने, 
– माल्दिभ्समा फाल्कोन क्लबबाट सन् २०२२ मा व्यावसायिक प्रतिस्पर्धा ,
–एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा महिलातर्फ उत्कृष्ट खेलाडी घोषित ।
 

आसिफ शेख 
– ट्वान्टी-२० अन्तर्राष्ट्रिय डेब्यु खेलमै अविजित अर्धशतक । नेदरल्यान्ड्सविरुद्ध ओपनर कुशल भुर्तेलसँग ११६ रनको साझेदारी । यो नेपालको उच्च ओपनिङमा उच्च साझेदारी हाे,
– एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालको तेस्रो उच्च रनकर्ता (२३ खेलमा पाँच अर्धशतक,६ सय ५५ रन),  
–ट्वान्टी-२० अन्तर्राष्ट्रियमा नेपालको पाँचौं उच्च रनकर्ता (२० खेलमा दुई  अर्धशतकसहित चार सय ६८ रन ), 
– एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलो र दोस्रो विकेटका लागि उच्च साझेदारी । पहिलो विकेटका लागि कुशल भुर्तेलसँग ११४ रनको ( २०२२ मा ओमान विरुद्ध ), दोश्रो विकेटका लागि ज्ञानेन्द्र मल्लसंग १२२ रनको (२०२२ मा युएई विरुद्ध ) ,
– केन्याविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रियमा शतक (एक सय १० रन, २०२२ सेप्टेम्बर), 
– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा शतक (कर्णाली प्रदेशविरुद्ध एक सय ३० रन ) ,
– आइसिसीको एकदिवसीय अन्तर्राष्ट्रिय वरियताको शीर्षसयभित्र पर्न सफल ,
– युएईविरुद्ध घरेलु एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको निर्णायक तेस्रो खेलमा अविजित ८८ रन बनाउँदै प्लेयर अफ द म्याच, 
– स्कटल्यान्डविरुद्ध ऐतिहासिक एकदिवसीय अन्तर्राष्ट्रिय जितमा ७१ रन बनाउँदै प्लेयर अफ द म्याच (२०२२ जुलाई ) ,
– केन्या भ्रमणअन्तर्गत तीन एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा प्लेयर अफ द सिरिज घोषित, 
– सन् २०२३ मा आइसिसीको स्पिरिट अफ क्रिकेट अवार्ड जित्न सफल । यो अवार्ड पाउने पहिलो नेपाली खेलाडी ,
– २०२१ मा पपुवा न्युगिनीविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय जित, २०२२ मा युएईविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज, २०२१ मा नेदरल्यान्डस र मलेसियाविरुद्ध ट्वान्टी-२० अन्तर्राष्ट्रिय सिरिज, २०२२ मा मलेसिया र पपुवा न्यु गिनीविरुद्ध ट्वान्टी-२० अन्तर्राष्ट्रिय सिरिज जित, २०२२ मा केन्याविरुद्ध ट्वान्टी-२० अन्तर्राष्ट्रिय सिरिज जित्दाका सदस्य । 


 पिपल्स च्वाइस विधाका विजेता खेल पत्रकार, राष्ट्रिय प्रशिक्षक र समर्थकको भोटिङबाट चुनिने छ । जुन प्रक्रिया यस प्रकार छ :

१. ई-सेवाको मतभार -५० प्रतिशत
२. सामाजिक सञ्जाल फेसबुक मतभार-२५ प्रतिशत (एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको आधिकारिक फेसबुक पेजबाट गर्नुपर्ने) 
३. राष्ट्रिय प्रशिक्षकको मतभार- १२. ५ प्रतिशत
४. खेलपत्रकारको मतभार- १२ .५ प्रतिशत

भोटिङका लागि विद्युतीय भुक्तानीका लागि चर्चित सेवाप्रदायक कम्पनी ई-सेवासँग प्रायोजन सम्झौता भइसकेको आयोजकले बताएको छ ।

हालसम्म पिपल्स च्वाइस अवार्ड विजेता
२०६५– मञ्जु गुरुङ (भलिबल)
२०६६– सन्तोष साहुखल (फुटबल)
२०६७– सिपोरा गुरुङ (भलिबल)
२०६८– रमिला तण्डुकार (भलिबल)
२०६९– झरना गुरुङ (उसु)
२०७०– सरस्वती चौधरी (भलिबल)
२०७२– नविता श्रेष्ठ (टेबलटेनिस)
२०७३– कान्छीमाया कोजु (एथलेटिक्स)
२०७४– स्यान्टु श्रेष्ठ (टेबलटेनिस)
२०७५– रेश्मा भण्डारी (भलिबल)
२०७६– अरुणा शाही (भलिबल)
२०७७– एलिना महर्जन (टेबलटेनिस)

 फागुन  २३ मा हुने अवार्डलाई यस वर्ष पनि हंशराज एण्ड हुलासचन्द कम्पनीले मुख्य प्रायोजना गरेको छ । एनएसजेफ पल्सर स्पोटर्स अवार्डको यो १९औं संस्करण हो । हंशराज एण्ड हुलासचन्द्र एण्ड कम्पनीले अवार्डका लागि प्रायोजना गरेको यो १४औं संस्करण हो ।

यस पटक पनि अवार्डमा वर्षका उत्कृष्ट पुरुष, महिला, प्रशिक्षक, युवा, पिपुल्स च्वाइस अवार्ड, पारा एथ्लिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोटर्स जर्नालिस्ट अवार्ड गरि नौ विधा समावेश छ ।