शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिता

न्यु डायमन्डले एपिएफलाई हरायो

फाइल फोटो

काठमाडौं ।  न्यु डायमन्ड युथ स्पोटर्स क्लब अपराजित रहँदै क्लब छैटौँ संस्करणको शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।  

न्यु डायमन्डले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कर्भड हलमा सोमबार सम्पन्न लिग चरणको आफ्नो अन्तिम खेलमा  विभागीय टोली नेपाल एपिएफ क्लबलाई क्लबलाई ३-१ को सेटमा पराजित गरेको हो ।

न्यु डायमन्डले खेल २५-२१, २५-१९,२१-२५ र २५-२१ आफ्नो पक्षमा पारेको थियो ।

यस जितसँगै तीन खेलमा नौ अंक जोडेको न्यु डायमन्ड शीर्ष स्थानमा रहँदै फाइनलमा प्रवेश गरेको छ । हारका बाबजुत पनि साबिक विजेता एपिएफले  पनि समान खेलमा ६ अंकका साथ फाइनलमा स्थान बनायो ।

मंगबार हुने फाइनलमा यी दुवै टोली भिड्ने छन् । यसैगरी मंगलबार नै तेस्रो स्थानका लागि हुने खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लब प्रतिस्पर्धा गर्नेछन् ।

त्यसअघि सोमबार हुने लिग चरणको अन्तिम खेलमा पनि आर्मी र पुलिस आमने समाने हुनेछन् ।