राष्ट्रिय मुवाँ थाइ संघ

प्राप्ति बतास सम्मानित

काठमाडौं । नेपाल राष्ट्रिय मुवाँ थाइ संघको तेस्रो साधारण सभा तथा खेलाडी सम्मान कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

भक्तपुरको नगरकोटस्थित रत्नागिरि रिसोर्टमा आयोजित तेस्रो साधारणसभाका अवसरमा मलेसियामा गत महिना सम्पन्न युथ युथ गेम्समा पदक विजेता मुवाँथाई खेलाडी प्राप्ति बतासलाई सम्मान गरेको छ । सो प्रतिस्पर्धामा उनले ग्लाड स्लाममा रजत र युथ गेम्समा कांस्य पदक विजेतालाई प्राप्तिलाई सम्मान गरिएको हो । उनलाई बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकाल, बागमती खेलकुद विकास परिसद्का सदस्यसचिव सूर्यलाल भण्डारी र नेपाल राष्ट्रिय मुवाँ थाइ संघका अध्यक्ष गणेशलाल कक्षपतिले सम्मानपत्र र खादा लगाएर सम्मान गरे ।

साधारण सभाले प्रादेशिक संरचनाको खेलकुद नीति अलम्बन गर्दै विभिन्न प्रदेशमा संयोजक तोकेको छ । मुवा थाई संघले प्रदेश–१ भूपेश शाक्य, मधेश प्रदेशमा सन्तोस घलान, बागमती प्रदेश मनीष लिभी र सदस्यमा राहुल मोक्तान, गण्डकी प्रदेशमा निलिम अधिकारी, लुम्बिनी प्रदेशमा साजन माली, कर्णाली प्रदेशमा राजेश महर्जन र सुदूरपश्चिम प्रदेशमा उमेशकुमार खड्कालाई संयोजकको जिम्मेवारी दिइएको छ । उक्त कार्यक्रममा आगामी बागमती प्रदेशको खेलकुदमा मुवाँ थाई खेल पनि समावेश गर्ने बताए ।