पहिलो साग

सम्झनामा पहिलो साग

सन् १९५१ देखि सुरु भएको एसियाली खेलकुदमा दक्षिण एसियाली मुलुकहरूको प्रदर्शनभन्दा पनि उपस्थितिमै सीमित हुन्थ्यो । सन् १९८२ मा भारतको नयाँ दिल्लीमा सम्पन्न नवौं एसियाली खेलकुदमा पनि दक्षिण एसियाली मुलुकले प्रभावशाली उपस्थिति जनाउन सकेन ।

त्यतिबेलासम्म दक्षिण एसियालीस्तरमै हुने ठूलो खेलुकद प्रतियोगिता थिएन । जसको फलरुवरुप दक्षिण एसियाली मुलुकले मिलेर प्रत्येक दुई वर्षमा खेलकुद महोत्सवको रूपमा दक्षिण एसियाली खेलकुद आयोजना गर्ने योजना अगाडि सारे ।

दक्षिण एसियालीस्तरमै ठूलो खेलकुद प्रतियोगिता आयोजना गरौं भन्ने शाहको प्रस्ताव सहर्ष पारित भएसँगै ‘अल्फाबेट’को आधारमा बंगलादेशले पहिलो साफ आयोजना गर्ने र त्यसपछि नामअनुसार नै अगाडि बढ्ने निर्णय भएको थियो ।

यसको परिकल्पनाकार थिए राष्ट्रिय खेलकुद परिषदका तत्कालीन सदस्यसचिव शरदचन्द्र शाह । उनको पहलमा दक्षिण एसियाली खेलकुद महासंघको स्थापना भएको थियो । त्यसपछि दक्षिण एसियाली महासंघीय खेलकुद (साफ) आयोजनाको योजनाले पूर्णता पाएको थियो ।

दक्षिण एसियालीस्तरमै ठूलो खेलकुद प्रतियोगिता आयोजना गरौं भन्ने शाहको प्रस्ताव सहर्ष पारित भएसँगै ‘अल्फाबेट’को आधारमा बंगलादेशले पहिलो साफ आयोजना गर्ने र त्यसपछि नामअनुसार नै अगाडि बढ्ने निर्णय भएको थियो । तर, बंगलादेशले मिति घोषणा भएको दुई वर्षसम्म पनि पहिलो साग आयोजना गर्न सकेन ।

बंगलादेशले गर्न नसक्ने भए हामी गर्छौं भनेर नेपालले त्यसको जिम्मेवारी लिएको थियो । र, सन् १९८४ को सेप्टेम्बर १७ देखि २३ सम्म काठमाडौंमा साफको सफल आयोजना सम्पन्न भयो । नेपाल आफैंले ल्याएको त्यो योजना आफैंबाट सुरु गर्न पाउनु मुलुकका लागि गर्वको विषय थियो ।

साफ खेलकुद सुरु भएको ३० वर्ष पूरा भइसक्दा हालसम्म १३ संंस्करण पूरा भएका छन् । अहिले यो साग (दक्षिण एसियाली खेलकुद)को रूपमा आयोजना हुन्छ । सन् २०१९ मा नेपालले नै काठमाडौं, पोखरा र जनकपुरमा यसको पछिल्लो संस्करण आयोजना गरेको थियो ।

ऐतिहासिक पहिलो संस्करणमा नेपालले ५ खेल समावेश गरेको थियो । जसमा पुरुष फुटबल, एथलेटिक्स, पौडी, भारोत्तोलन र बक्सिङ खेल थिए ।

पहिलो संस्करणमा नेपालसँगै भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, माल्दिभ्स र भुटान गरी सात मुलुकका खेलाडीले भाग लिएका थिए ।

पहिलो संस्करणमा दक्षिण एसियाली पावरहाउस भारत नै शीर्षस्थानमा रह्यो । भारतले कुल ६२ मध्ये ४४ स्वर्ण पदक जितेको थियो । श्रीलंकाले ७ तथा पाकिस्तानले ५ स्वर्ण पदक जित्दा नेपालले ४ स्वर्ण जितेका थिए । त्यस्तै बंगलादेशले २ स्वर्ण जित्दा माल्दिभ्स र भुटान स्वर्ण जित्न असफल रहेका थिए ।

यस्तै रुपकराज शर्माको कप्तानीमा रहेको नेपाली फुटबल टिमले स्वर्ण पदक जितेको थियो । दलबहादुर राना मगर र पुष्करध्वज शाहीले बक्सिङबाट नेपाललाई दुई स्वर्ण पदक दिलाएका थिए ।

चार स्वर्णसँगै १२ रजत र ८ कांस्य गरी नेपालले कुल २४ पदक जित्यो । पहिलो संस्करणमा नेपाली खेलाडीले पुरुष फुटबलमा एक, बक्सिङमा दुई, एथलेटिक्समा एक स्वर्ण जितेका थिए ।

नेपाललाई पहिलो साफको स्वर्ण पदक दिलाउने खेलाडी हुन् म्याराथन धावक वैकुण्ठ मानन्धर । पछिल्लो समय एथलेटिक्सका खेलहरू ढिलो गरी हुने गरेका छन् । तर, त्यतिबेला सुरुमै एथलेटिक्सका इभेन्ट आयोजना भएका थिए । त्यसैले मानन्धरले पहिलो स्वर्ण पदक म्याराथनबाट जितेका थिए ।

यस्तै रुपकराज शर्माको कप्तानीमा रहेको नेपाली फुटबल टिमले स्वर्ण पदक जितेको थियो । दलबहादुर राना मगर र पुष्करध्वज शाहीले बक्सिङबाट नेपाललाई दुई स्वर्ण पदक दिलाएका थिए ।