माघ २३, २०८१ बुधबार | १८:४२:२७
विभागीय डर्बीमा पुलिसको एकतर्फी जित सुदूरपश्चिमका मुकेशलाई दोहोरो स्वर्ण ग्रेट हिमालयन सेमिफाइनलमा एपिएफलाई हराउदै मछिन्द्र क्वार्टरफाइनलमा निर्वाचन अमान्य नभएको एनओसीको दाबी ज्ञान संस्कारको आयोजनामा राष्ट्रिय अन्तरविद्यालयय स्केटिङ प्रतियोगिता हुने कालिसको सान्दार ब्याटिङमा नेदरल्यान्ड्सको फराकिलो जित, नेपालको लगातार पाँचौं हार सिइसीको पहिलो जित हालेपले लिइन् संन्यास पूजाको अर्धशतकमा नेपालले नेदरल्यान्ड्सलाई दियो १४६ रनको लक्ष्य विभागीय डर्बीमा पुलिसको एकतर्फी जित सुदूरपश्चिमका मुकेशलाई दोहोरो स्वर्ण ग्रेट हिमालयन सेमिफाइनलमा एपिएफलाई हराउदै मछिन्द्र क्वार्टरफाइनलमा निर्वाचन अमान्य नभएको एनओसीको दाबी ज्ञान संस्कारको आयोजनामा राष्ट्रिय अन्तरविद्यालयय स्केटिङ प्रतियोगिता हुने कालिसको सान्दार ब्याटिङमा नेदरल्यान्ड्सको फराकिलो जित, नेपालको लगातार पाँचौं हार सिइसीको पहिलो जित हालेपले लिइन् संन्यास पूजाको अर्धशतकमा नेपालले नेदरल्यान्ड्सलाई दियो १४६ रनको लक्ष्य
शनिबारको दिन क्रिकेट

क्रिकेटको पहिलो अन्तर्राष्ट्रिय सहभागिता: एसीसी ट्रफी, १९९६

  • सरगत

नेपाली खेलकुदको जेठो खेलमध्येमा पर्छ क्रिकेट । यो निकै लामो इतिहास बोकेको खेल हो । तर यही खेलको पहिलो अन्तर्राष्ट्रिय सहभागिताको संयोग भने निकै पछि मात्र जुरेको थियो । वास्तवमै धेरैपछि । नेपालमा क्रिकेटको इतिहास खोज्दै जाने हो भने राणा शासनको समयसम्म पुग्नुपर्ने हुन्छ । तर यति लामो समयको क्रिकेट घरमै मात्र सीमित रह्यो, त्यसभन्दा बाहिर जाने प्रयास नै भएन । अथवा अवसर नै बनेको थिएन कि ?

जहाँ नेपाली क्रिकेटको समग्र इतिहासलाई लिपिबद्ध गर्न जहाँ असाध्यै गाह्रो छ वा भनौं असम्भव नै छ, त्यहीं नेपालको अन्तर्राष्ट्रिय क्रिकेट यात्राबारे सबथोक हिजो जस्तो गरेर आजै लेख्न सक्छौं ।

सन् १९९६ आइपुग्दा नपुग्दा नेपालले पहिलो अन्तर्राष्ट्रिय आधिकारिक क्रिकेट प्रतियोगिता खेलेको थियो । त्यसो भन्दा साढे दुई दशकभन्दा केही समय बढी मात्र भयो । त्यसैले जहाँ नेपाली क्रिकेटको समग्र इतिहासलाई लिपिबद्ध गर्न जहाँ असाध्यै गाह्रो छ वा भनौं असम्भव नै छ, त्यहीं नेपालको अन्तर्राष्ट्रिय क्रिकेट यात्राबारे सबथोक हिजो जस्तो गरेर आजै लेख्न सक्छौं । त्यो वर्ष एसियाली क्रिकेट काउन्सिलले मलेसियामा एसीसी ट्रफीको पहिलो संस्करण आयोजना गरेको थियो ।

भाग लिने टिमहरू थिए एसिसीका एसोसिएट सदस्य देशहरू । प्रतियोगिता सेप्टेम्बर ६ देखि १६ सम्म आयोजना भएको थियो । कुल १२ टिम थिए । सहभागीलाई दुई समूहमा विभाजन गरिएको थियो । नेपाल समूह ‘ए’ मा परेको थियो । त्यसका अन्य टिम थिए बंगलादेश, फिजी, हङकङ, ब्रुनाइ र जापान । अर्को समूह ‘बी’ मा थिए यूएई, पपुवा न्युगिनी, मलेसिया, सिंगापुर, माल्दिभ्स र थाइल्यान्ड । नेपालको पहिलो ऐतिहासिक खेल बंगलादेशविरुद्ध थियो ।

दिन थियो सेप्टेम्बर ६ । वर्षाले गर्दा त्यो खेल पूरा हुन पनि पाएन र बंगलादेशलाई रनरेटको आधारमा विजयी घोषित गरिएको थियो । पहिले ब्याटिङ गरेको बंगलादेशले ५० ओभरमा ९ विकेट गुमाएर २ सय १३ रन बनायो । जवाफमा नेपालले ३९.२ ओभरमा खेल रोकिनु अगाडि ५ विकेट गुमाएर ९० रन बनाएको थियो । त्यसपछि नेपालले जापानलाई ८ विकेटले हरायो । यो नेपालको पहिलो अन्तर्राष्ट्रिय जित रह्यो । लगत्तै नेपाल फिजीसँग पराजित भयो ।

अनि बु्रनाइविरुद्धको खेलमा भने जित निकाल्न सफल रह्यो । अन्तिम खेलमा नेपाल फेरि एकपल्ट हङकङसँग पराजित भयो । लिग चरणको अन्त्यमा नेपाल ६ टिममध्ये चौथो स्थानमा रह्यो, ब्रुनाइ र जापानभन्दा माथि । एसीसी ट्रफी खेल्न जानकै लागि ०५३ सालमा दुईपल्ट जय ट्रफी आयोजना गरियो । त्यसमध्ये वीरगन्जमा भएको प्रतियोगिताबाट छनोट गरेर २५ खेलाडीलाई बन्द प्रशिक्षणमा राखिएको थियो । नेपालको तयारी आफैंमा राम्रो हुन सकेन ।

बंगलादेशविरुद्ध कर्माचार्य र क्षेत्रीसँगै खेल्ने खेलाडी मनीष पाण्डे, पवन अग्रवाल, सन्जय गुरुङ, मुसरफ इजहार, गणेश शाही, जगत टमाटा, राजु खड्का, वसन्त शाही किरण राणा थिए ।

वर्षाले खुबै बिथोलिएको थियो प्रशिक्षण । त्यही बेला उत्तम कर्माचार्य कप्तान र एलबी क्षेत्री उपकप्तान घोषित भएका थिए । सुरुआती दिन प्रशिक्षक थिए पाकिस्तानका फारुख जमान र भारतका वीरेन्द्र भटनागर । त्यसमा नेपालबाट जोडिए सुनोज भट्टराई, अरुण अर्याल र उमेश उपाध्याय । मलेसियामा भने भट्टराईको नेतृत्वमा खेलेको थियो त्यस अर्थमा उनी नेपालको पहिलो ऐतिहासिक प्रशिक्षक भए । अनि कर्माचार्य पहिलो ऐतिहासिक कप्तान ।

बंगलादेशविरुद्ध कर्माचार्य र क्षेत्रीसँगै खेल्ने खेलाडी मनीष पाण्डे, पवन अग्रवाल, सन्जय गुरुङ, मुसरफ इजहार, गणेश शाही, जगत टमाटा, राजु खड्का, वसन्त शाही किरण राणा थिए । पछि अन्य खेलमा पुकार पन्त र रितेश बरालले पनि नेपालका लागि खेले । मलेसिया गएकामध्ये खाली विशाल गुप्ताले मात्र एक पनि खेल खेल्न पाएनन् । अन्तर्राष्ट्रिय क्रिकेटको यो पहिलो यात्रा के अर्थमा धेरै ऐतिहासिक छ भने त्यसपछि यसले नै त हो, नेपाली क्रिकेटको वास्तविक जग बसालेको ।