नवौं राष्ट्रिय खेलकुद

नवौं राष्ट्रिय खेलकुदः बास्केटबलका लागि भदौ तीन गतेसम्म खेलाडी दर्ता गराउनु पर्ने

काठमाडौं । ललितपुर जिल्ला खेलकुद विकास समितिले आसन्न नवौं राष्ट्रिय खेलकुदको लागि भदौ तीन गतेसम्म बास्केटबल खेलाडी दर्ता गराइसक्नु पर्ने बताएको छ ।

गण्डकी प्रदेशमा असोज २८ देखि कात्तिक तीन गतेसम्म नवौं खेलकुद आयोजना हुँदैछ । जसका लागि ललितपुर जिल्लाको खेलाडी कोटा बमोजिम छनोट गर्नुपर्ने भएकाले भदौ तीन गतेसम्म खेलाडी दर्ता गराउन खेलकुद विकास समितिले विज्ञप्ति जारी गरेको छ ।

३९ वर्षपछि पोखरामा हुन लागेको प्रतियोगितामा ३६ र २ प्रदर्शनी खेल गरी ३८ खेलका करिब आठ हजार खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । यसअघि २०४० चैत १२ गतेदेखि २० गतेसम्म पोखराको पोखरा रंगशालामा दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन भएको थियो ।