खेलाडी सरुवा

स्टुपिनान ब्राइटनमा

लन्डन । ब्राइटनले स्पेनिस क्लब भियारियालबाट रक्षक पर्भिस स्टुपिनानलाई भित्र्याएको छ ।

ब्राइटनले इक्वेडरका अन्तर्राष्ट्रिय खेलाडी कतिमा भित्र्याएको भन्ने खुलाएको छैन । यद्यपि, केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरु भने स्टुपिनान १६.७ मिलियन युरोमा ब्राइटन अनुबन्धित भएको खुलाएका छन् ।

ब्राइटनले स्टुपिनानसँग पाँच वर्षको सम्झौता गरेको हो । २४ वर्षीय स्टुपिनान भियारियालले सन् २०२१ को युरोपा लिग जित्दा क्लबमा महत्पवूर्ण सदस्य थिए । दुई वर्ष भियारियालमा बिताउँदा उनले क्लबबाट ७४ खेल खेले ।

स्टुपिनानले आइतबार हुने वेस्ट हमविरुद्धको खेलमार्फत ब्राइटनबाट ‘डेब्यु’ गर्न सक्नेछन् ।

सन् २०१९ मा इक्वेडरबाट ‘डेब्यु’ गरेका उनले २६ क्याप जित्दा तीन गोल गरेका छन् ।