खेलाडी सम्मान

शारीरिक सुगठनमा रजत तथा कास्य पदक विजेतालाई नगद पुरस्कार

काठमाडौं । हालै सम्पन्न ५४ औं एशियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् च्याम्पियनन्सिपमा पदक विजेता शारीरिक सुगठनका खेलाडीलाई नेपाल शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष राजेशबावु श्रेष्ठले नगदसहित सम्मान गरेका छन् । प्रतियोगिताको ८० केजी तौल समूहको प्रतिस्पर्धामा रजत पदक विजेता नेपाली टिमका खेलाडी उमेश राई तथा फिटनेस फिजिक्सको प्रतिस्पर्धामा कास्य पदक विजेता राजु राईलाई संघका अध्यक्ष श्रेष्ठले एक समारोहका बीच व्यक्तिगत रुपमा रजत पदक विजेतालाई नगद रु. एक लाख ५० हजार तथा कास्य पदक विजेतालाई ७५ हजार रुपैयाँ पुरस्कार प्रदान गरे ।

सोहि अवसरमा नेपाल शारीरिक सुगठन तथ फिटनेस संघका प्रथम उपाध्यक्ष श्री विजय लाल कायस्थले विजेता खेलाडीहरुलाई क्रमशः नगद २० हजार र १० हजार रुपैयाँले पुरस्कृत गरे । उक्त अवसरमा संघका उपाध्यक्ष श्री दिनेश राजभण्डारीले खेलकुदको माध्यमबाट राष्ट्रको पहिचान बढाउने तथा देशको झण्डा विश्व सामु फहराउन सफल विजेता खेलाडीहरुलाई राष्ट्रले उचित कदर गर्नु पर्नेमा जोड दिए ।

सोही कार्यक्रममा विश्व शारीरिक सुगठन तथा फिजिक्स स्पोर्ट्स फेडेरेशनले नेपाल शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष श्रेष्ठलाई विश्व शारीरिक सुगठन फेडेरेशनको साइन्स एण्ड रिसर्च कमिटिको अध्यक्षमा मनोनित गरिएकोमा नेपालको शारीरिक सुगठन संघ एवं खेलको अझ उचाई बढेको महशुस गर्दै विश्व फेडेरेशनका अध्यक्ष दातुक पौल चुवालाई दक्ष एव योग्य व्यक्तिलाई उक्त पदमा मनोनित गरिएकोमा हार्दिक धन्यवाद ज्ञापन समेत गरियो । स्मरण रहोस नेपालले ५५औं एशियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् च्याम्पियनन्शिप प्रतियोगिता आागामी सन् २०२३ को सेप्टेम्बरमा काठमाडौमा आयोजना गर्दैछ ।