विश्व सेपाकताक्रो च्याम्पियनसिप

सेपाकताक्रो टोली बिहीबार थाइल्यान्ड जाने

काठमाडौं ।थाइल्यान्डको बैंककमा साउन ८ देखि हुने ३५ औं किङ्स कप विश्व सेपाकताक्रो च्याम्पियनसिपमा नेपालले सहभागिता जनाउने भएको छ । 

नेपाली टोली प्रतियोगितामा खेल्न बिहीबार थाइल्यान्ड प्रस्थान गर्दैछ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बुधबार एक कार्यक्रमबीच प्रतियोगितमा सहभागी हुन जाने १० खेलाडीसहित १७ सदस्यीय नेपाली टोलीलाई बिदाइ  गरे ।

जसअन्तर्गत पुरुषतर्फ  रोशन तामाङ, रविन भट्टराई, विजय महतो, विपिन थनेत र राजीव कलाखेती रहेका छन् ।  क्षितिजकुमार धामीले खेलाडीको साथै प्रशिक्षक भुमिका पनि निर्वाह गर्नेछन् ।

त्यस्तै महिलातर्फ सुमित्रा डंगोल, उषा महर्जन, सोममाया थापा मगर, चन्द्रा चौधरी र इनु चौधरी छन् ।

नेपाली टोली प्रमुखमा नेपाल सेपाकताक्रो संघका अध्यक्ष नेत्रप्रसाद गुरुङ, व्यवस्थापकमा लोकमणि आत्रेय, अर्को प्रशिक्षकमा सीता सुवेदी, निर्णायकमा मेघराज तोलङ्की, अफिसियलमा ध्रुवबहादुर गुरुङ र आईटीओ÷अफिसियलमा नेसिर मास्के छन् ।  प्रतियोगिता  १५ गतेसम्म हुने छ ।