महिला फुटबल रेफ्री

लक्ष्मी र मेरिना फुटबल खेलाउन डेनमार्क जाने

काठमाडौं । नेपालका महिला फुटबल रेफ्री लक्ष्मी श्रेष्ठ र मेरिना धिमालले डेनमार्कमा आयोजना हुने अन्तर्राष्ट्रिय डाना कप प्रतियोगिता खेलाउने भएका छन् ।

डेनमार्कमा आगामी २५ जुलाई देखि ३० जुलाईसम्म हुने युथ सकर अन्तरराष्ट्रिय प्रतियोगितामा निर्णायक भूमिकामा देखिने दुई रेफ्री शनिबार बिहान त्यसतर्फ प्रस्थान गर्नेछन् ।

‘आयोजकको निमन्त्रणा अनुसार डेनमार्कमा आयोजना हुने डाना कप खेलाउँदै छौं । शनिबार त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ;'लक्ष्मीले भनिन् ।

रेफ्रीद्वय श्रेष्ठ र धिमालले घरेलु महिला प्रतियोगितासँगै एएफसी यु–१४,  यु–१४ महिला साफ च्याम्पियनसिप, १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) लगायत प्रतियोगितामा असिस्टेन रेफ्रीको भूमिका निर्वाह गरिसकेका छन् ।

सन् १९८२ बाट सुरु भएको डाना कपमा ४५ देशका एक हजार भन्दा बढि टिम सहभागी हुने आयोजक टिमका मार्केटिङ म्यानेजर एलिसन लाइज फोरम्यानले जानकारी गराएका छन् ।

जुन प्रतियोगिता डेममार्कनै सवैभन्दा ठूलो स्पोर्टस् इभेन्ट हो । जसलाई विश्वकै सबैभन्दा ‘टप’ वरियताको युथ प्रतियोगिता मानिन्छ ।

युईएफएले मान्यता दिएको प्रतियोगितामा २० हजार भन्दा बढी सहभागी हुनेछन् ।