पुबुदु दसानायके

पुबुदु क्यानडाको प्रशिक्षकमा नियुक्त

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वप्रशिक्षक पुबुदु दसानायके क्यानडाको प्रशिक्षकमा नियुक्त भएका छन् ।

उनले केहि घण्टा अघि मात्रै नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएका थिए ।

दसानायके गत मंसिरमा दोस्रो पटक नेपाली टोलीको प्रशिक्षण सम्हाल्न आएका थिए ।

आइसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत स्टकल्यान्डमा सम्पन्न त्रिकोणात्म शृंखला चार मध्ये तीन खेल गुमाएपछि उनी आलोचित बनेको थिए ।

स्कटल्यान्ड भ्रमण अघि नेपाललेअमेरिका भ्रमण्मा पनि खराब प्रदर्शन गरेको थियो । सो भ्रमणमा नेपालले चार मध्ये एक खेल जितेको थियो भने दुई खेलमा नतिजा सुम्पिएको थियो ।  एक खेल भने ‘टाई’ भएको थियो ।

औपचारिक रुपमा आज पदबाट राजिनामा घोषणा गरे पनि दसानायकेले एक साता अघि स्कटल्यान्ड भ्रमण दौरान नै इमेलमार्फत नेपाल क्रिकेट संघ (क्यान)लाई राजिनामा पत्र पठाएका थिए ।

बुधबार आयोजिक एक कार्यक्रमा दसानायकेले व्यत्तिगत कारण देखाउँदै पदबाट अलग भएको घोषणाा गरेका हुन् ।

उनले सन् २०११ देखी २०१५ सम्म पहिलो पटक नेपाली राष्ट्रिय क्रिकेट टोलकिो प्रशिक्षण सम्हालेका थिए । उनको प्रशिक्षणमा नेपालले सन् २०१४ मा बंगलादेशमा सम्पन्न ट्वान्टी२० विश्वकपको प्रारम्भिक चरणमा प्रतिस्पर्धा गरेको थियो । साथै उनकै प्रशिक्षणमा नेपालले डिभिजन चार देखी डिभिजन एक सम्मको यात्रा पक्का गरेको थियो ।