राखेप

सदस्य–सचिव र कतार राजदूतबीच भेट

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ र नेपालका लागि कतारका राजदूत युसुफ विन मोहम्मद अल हेलबीच बुधबार भेटवार्ता भएको छ । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) भेट वार्तासदस्य–सचिव घिसिङको कार्यकक्षमा भेटवार्ता भएको हो ।

भेटका अवसरमा सदस्य–सचिव घिसिङले राजदूत युसुफ खेलकुद प्रेमी भएको थाहाँ पाउँदा खुशी लागेको बताउदै कतारमा हुने विश्व कपको पूर्व सन्ध्यामा नेपालस्थित दूतावाससंग समन्वय गर्दै राखेप, अखिल नेपाल फुटबल संघ र नेपाल ओलम्पिक कमिटी मिलेर कार्यक्रम आयोजना गर्ने सोच रहेको बताए ।

राजदूत युसुफले सदस्य–सचिव घिसिङको शुभेक्छा प्रति आभार प्रकट गर्दै नेपाली खेलकुदको विकासका लागि जि टु जि मार्फत प्रस्ताव गरे आफूले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

राजदूत युसुफले मायाको चिनो स्वरुप सदस्य–सचिव घिसिङलाई फुटबल उपहार दिएका थिए । सो अवसरमा नेपाल ओलम्पिक कमिटीका महासचिव नीलेन्द्रराज श्रेष्ठको पनि उपस्थिति थियो ।