राष्ट्रपति रनिङ शिल्ड

जुनियर प्रतियोगितामा निशाले तोडिन् सिनियरको कीर्तिमान्

काठमाडौं । लुम्बिनीकी निशा चौधरीले १२औं केन्द्रिय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्समा सिनियरको राष्ट्रिय कीर्तिमान बुधबार तोडेकी छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगिताको छात्रा लङजम्पमा निशाले ५.४७ मिटर जम्प गर्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन् । यसअघि शिलाले सन् २०१८ अप्रिल २३ मा ५.४५ मिटरको राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । जुनियरमा भने यो स्पर्धाको कीर्तिमान विपना परियारको नाममा ५.०९ मिटर थियो । निशाले मंगलबार १ सय मिटर दौडमा पनि १२.५३ सेकेन्ड समय निकाल्दै जुनियर राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा निशासहित रेशु थारु, रामकुमारी थारु र सम्झना थारु सम्मिलित लुम्बिनी टोलीले ४ गुणा १ सय मिटर रिले ५४.२० सेकेन्डमा पूरा गर्दै जुनियर राष्ट्रिय कीर्तिमान स्थापित ग¥यो । यसअघि ५४.४० सेकेन्डको कीर्तिमान तत्कालिन पश्चिमाञ्चलको नाममा थियो ।

जुनियरमै अर्को कीर्तिमान छात्र लङजम्पमा लुम्बिनीका सलिम देवानले बनाए । उनले ६.८४ जम्प गर्दै २०६५ मा भुवन महतोको नाममा रहेको ६.५३ मिटरको कीर्तिमान भंग गरे । यसै स्पर्धामा दोश्रो भएका लुम्बिनीका सुदिप थारुले पनि भुवनको कीर्तिमान उछिन्ने क्रममा ६.६५ मिटरको प्रदर्शन गरेका थिए ।

कराते

करातेमा ४ स्वर्ण, ३ रजत र ४ कांस्यसाथ बागमती टिम च्याम्पियन बन्यो । २ स्वर्ण, ३ रजत र १ कांस्यसाथ सुदूरपश्चिम दोश्रो भयो । तेश्रो भएको गण्डकीले २ स्वर्ण, १ रजत र ४ कांस्य हासिल ग¥यो ।

भलिबल

भलिबलको छात्रमा गण्डकीले कर्णालीलाई २५–१५ र २५–१७ तथा लुम्बिनीले सुदूरपश्चिमलाई २५–१४ र २५–१८ को सोझो सेटमा पराजित गर्दै फाइनलमा पुगे । छात्रामा लुम्बिनीले कर्णालीलाई २५–१० र २५–१३ तथा बागमतीले गण्डकीलाई २५–१४ र २५–१३ को सीधा सेटमा हराउँदै फाइनलमा स्थान सुरक्षित गरे ।

कबड्डीः सुदूरपश्चिमलाई उपाधि

कबड्डीको छात्रामा सुदूरपश्चिमले उपाधि हात पा¥यो । ५ टिम सहभागी राउन्ड रोविन लिगमा सुदूरपश्चिमले शत प्रतिशत जित निकाल्दै उपाधि जितेको हो । सुदूरपश्चिमले ८ अंक जोड्यो । गण्डकी ६ अंकसाथ दोश्रो भयो । तेश्रो हुने टिमको बिहीबार टुंगो लाग्ने छ ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्दैमा भएको छात्रको प्रतिस्पर्धामा समान ६–६ अंक जोडेका सुदूरपश्चिम र लुम्बिनीबीच उपाधि भिडन्त हुने भएको छ । छात्रमा पनि ५ टिम सहभागी छन् ।

तेक्वान्दो

तेक्वान्दोमा बागमती टिम च्याम्पियन बनेको छ । ४ स्वर्ण, १ रजत र २ कांस्यसाथ बागमती समग्रमा टिम च्याम्पियन बनेको हो ।
दोश्रो भएको लुम्बिनीले १ स्वर्ण तथा ३–३ रजत र कांस्य जित्यो । तेश्रो स्थानमा चित्त बुझाएको सुदूरपश्चिमले १ स्वर्ण हात पा¥यो । विजेतालाई राखेपका उपाध्यक्ष शिव कोइरालालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

उसु

मार्सल आर्ट्समा बागमतीकै दबदबा रह्यो । उसुमा पनि बागमती नै टिम च्याम्पियन बन्ने क्रममा ३ स्वर्ण, २ रजत र ५ कांस्य जित्यो ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा २ स्वर्ण, ३ रजत र १ कांस्यसाथ सुदूरपश्चिम दोश्रो भयो । तेश्रो स्थानमा रहेको कर्णालीले १ स्वर्ण प्राप्त गर्यो ।