इङ्लिस प्रिमियर लिग

स्टर्लिङ चेल्सीमा

लन्डन । चेल्सीले बिहीबार म्यानचेस्टर सिटीका रहिम स्टर्लिङसँगको अनुबन्ध प्रक्रिया पूरा गरेको छ । 

इत्तिहादमा सात सिजन बिताएका स्टर्लिङले पाँच वर्षका लागि स्टामफोर्डसँग सम्झौता गरेका हुन् । चेल्सीले स्टर्लिङलाई ५० मिलियन पाउन्डमा भित्राएको हो । 

सिटीबाट उनले तीन सय ३७ खेलमा एक सय ३१ गोल गरेका छन् । यस क्रममा उनले सिटीबाट चार पटक प्रिमियर लिगको उपाधि जितेका छन् ।

उनले इङल्यान्डबाट ७७ अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् ।

‘स्टामफोर्ड ब्रिजमा भित्रन पाउँदा म निकै खुशी छु’, स्टर्लिङले भने, ‘नयाँ यात्राका लागि उत्साही छु । मैले सिटीबाट धेरै उपलब्धी हासिल गरे । आशा छ चेल्सीको यात्रा पनि सफलताले भरिएको हुनेछ । ’

स्टर्लिङ प्रि-सिजन भ्रमणका लागि अमेरिकाको लस एन्जल्समा रहेको चेल्सीको प्रशिक्षणमा सहभागी भैसकेका छन् ।