महिला युरोपियन च्याम्पियनसिप २०२२

नेदरल्यान्ड्स र स्विडेनको पहिलो जित

लन्डन । नेदरल्यान्ड्स र स्विडेनले बुधबार महिला युरोपियन च्याम्पियनसिप २०२२ मा पहिलो जित दर्ता गरेका छन् । 

गत साता समूह ‘सी’ का दुवै खेल बराबरीमा रोकिएको थियो । नेदरल्यान्ड्स र स्विडेनले १-१ को बराबरी खेल्दा पोर्चुगल र स्विट्जरल्यान्डले २-२ को बराबरी खेल्दै अंक बाँडेका थिए । 

नेदरल्यान्ड्ले बुधबार पोर्चुगलमाथि ३-२ को जित निकालेको हो ।२-० ले पछि परेको स्थितीमा पुनरागमन गर्दै खेल २-२ को बराबरीमा ल्याएको पोर्चुगलले अन्ततः ३-२ को नतिजा सुम्पिएको हो ।

नेदरल्यान्ड्स दुई खेलमा चार अंकसहित समूह ‘सी’को  शीर्ष स्थानमा छ भने समान खेलमा समान चार अंक जोडेको स्विडेन दोस्रो स्थानमा छ । समान खेलमा समान एक अंक जोडेका पोर्चुगल र स्विट्जरल्यान्ड क्रमशः तेस्रो र चौथो स्थानमा छन् ।

बुधबार नेै भएको अर्को खेलमा स्विडेनले स्विट्जरल्यान्डलाई २-१ ले हरायो ।