स्पेनिस ला लिगामा

राफिन्हा बार्सिलोना आउने पक्का

मड्रिड । स्पेनिस ला लिगाको क्लब बार्सिलोना लिड्सका स्ट्राइकर राफिन्हालाई क्पाम्प नोउमा भित्राउने सहमतीमा पुगेको छ ।

राफिन्हाले दुई सिजन लिड्स युनाइटेडमा बिताउँदै ६७ खेलमा १७ गोल गरेका थिए ।

इङलिस प्रिमियर लिगकै अन्य क्लबले इच्छा देखाए पनि बार्सिलोना राफिन्हालाई क्लबमा ल्याउन सफल भयो ।

राफिन्हाले ब्राजिलबाट नौ अन्तर्राष्ट्रिय खेल खेलेका छन् । स्वास्थ्य प्रशिक्षणपछि बार्सिलोनाले राफिन्हालाई औपचारिक रुपमा सार्वजनिक गर्ने बताइएको छ ।

‘राफिन्हाका लागि बार्सिलोनाबाट खेल्नु एउटा सपना हो । आशा छ यो सम्झौता प्रक्रिया टुङगोमा पुग्नेछ’, लिड्सका प्रशिक्षक जेसी मार्चसले भने, ‘उनी क्लबबाट बाहिरिनु नराम्रो हो तर हामी कुनै खेलाडीको लागि आएको अवसरमा बाधक बन्न सक्दैनौ ।’