भिएनएल

भिएनएल: साविक विजेता अमेरिकामाथि सर्बियाको शानदार जित

अंकारा । सर्बियाले तीन पटकको साविक विजेता अमेरिकालाई ३–२ को सेटमा हराउँदै भलिबल नेसन्स लिग (भिएनएल) २०२२ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

टर्कीको राजधानी अंकारामा बुधबार भएको पहिलो क्वार्टरफाइनलमा अमेरिकामाथि सर्बियाले २७–२९ २३–२५ २५–२० २५–२० १३–१५ को प्रतिस्पर्धात्मक सेटमा पहिलो पटक जित निकाल्यो ।

सर्बियाकी सारा लोजोले खेल अवधिभर २२ अंकको योगदान गरेकी थिइन् ।

ब्राजिलले जापानलाई २९–२७ २८–२६ २०–२५ २५–१४ को सेटमा हरायो । प्रतियोगितामा लगातार जित निकालेको ब्राजिल सेमिफाइनलमा पुगेको छ । ब्राजिलको जितमा कप्तान गाब्रिएला गुइमारेसले २३ अंकको योगदान दिइन् ।

बिहीबार हुने क्वार्टरफाइनलको अन्तिम दिनमा इटाली र चीन तथा टर्की र थाइल्यान्डले प्रतिस्पर्धा गर्दैछन् ।

गत सिजन साविक उपविजेता ब्राजिल र जापानको भेट सेमिफाइनलमा भएको थियो । जसमा ब्राजिलले ३–१ को सेटमा जापानलाई हराएको थियो । जापान सान्त्वना भएको थियो ।

मे ३१ देखि सुरु भएको महिलातर्फको खेलमा प्रारम्भिक चरणमा ९६ खेलहरु भएका थिए । जसबाट शीर्ष १६ टिमले क्वार्टरफाइनलमा स्थान पक्का परेका थिए ।

महिलातर्फको सेमिफाइनलका खेलहरु शनिबार र फाइनल खेल आइतरबार हुनेछ ।