टेस्ट

१८ सदस्यीय टोलीको घोषणा

कोलम्बो । श्रीलंकाले पाकिस्तानविरुद्धको दुई टेस्ट शृंखलाका लागि १८ सदस्यीय टोलीको घोषणा गरेको छ । 

दुई टेस्ट शृंखलाअन्तर्गतको पहिलो खेल शनिबारबाट सुरु हुनेछ । दोस्रो टेस्ट जुलाई २४ मा कोलम्बोमा हुनेछ ।

श्रीलंका अहिले राजजीनितिक गतिरोध र चरम आर्थिक संकटबाट गुज्रिरहेको छ । 

श्रीलंकाले सोमबार मात्र अस्ट्रेलियाविरुद्धको दुई टेस्टको शृंखला १-१ को बराबरीमा  टुगाएको थियो । दोस्रो टेस्टमा दिनेश चान्डिमलले दोहोरो शतक पूरा गरेका थिए । 

अस्ट्रेलियाविरुद्धको पहिलो टेस्ट १० विकेटले गुमाएको श्रीलंकाले दोस्रो टेस्ट एक इनिङ र ३९ रनले जितेको थियो ।