फ्रान्क लाम्पार्ड

गोर्डन एभर्टनमै बस्छन्: लाम्पार्ड

लन्डन । एन्थोनी गोर्डनमाथि टोटनहम र न्यूक्यासल युनाइटेडले इच्छा देखाए पनि एर्भटनका मुख्य प्रशिक्षक फ्रान्क लाम्पार्डले उनी मर्सेसाइडमै बस्ने बताएका छन् ।

सन् २०१९ मा एभर्टनमा अनुबन्ध भएका गोर्डनले पूर्व प्रशिक्षकद्वय राफेल बेनिटिज र लाम्पार्डको प्रशिक्षणमा राम्रो प्रदशर्न गर्दै आएका थिए । जसको कारण एभर्टनले प्रिमियर लिगमा एक खेलअगावै स्थान जोगाउन सफल भएको थियो ।

जनवरीमा बेनिटिज बर्खास्त भएपछि लाम्पार्डले एभर्टनको जिम्मेवारी सम्हाल्दै आएका छन् ।

विङ्गर गोर्डन एभर्टनबाट गत सिजन लिगमा सर्वाधिक खेल खेल्ने खेलाडी हुन् । जसमा उनले चार गोल र दुई गोलको असिस्ट गरेका थिए ।

यो सिजन एभर्टन आर्थिक समस्याबाट गुज्रिँदै आएको छ । त्यसैले एर्भटनले २१ वर्षीय गोर्डनलाई बेच्न तयार भएको कुरा सार्वजनिक भए पनि प्रशिक्षक लाम्पार्डले यो कुरालाई अस्वीकार गरे । यदि एभर्टन गोर्डनलाई बेचेमा आर्थिक समस्या केही कम गर्न सक्छ ।