क्रिस्टियानो रोनाल्डो

रोनाल्डोलाई ३०० मिलियन युरोको प्रस्ताव!

लन्डन । क्रिस्टियानो रोनाल्डोले नयाँ सिजनअघि म्यानचेस्टर युनाइटेड छाड्न चाहेको खबर बाहिरिएसँगै धेरै क्लबहरु– चेल्सी, बायर्न म्युनिख, रोम जस्ता क्लबसँग नाम जोडिएको छ । तर, यी कुनै पनि क्लबले आधिकारिक प्रस्ताव गरेका छैनन् ।

यद्यपि, सिएनए पोर्चुगलले रोनाल्डोलाई दुई वर्ष साउदी अरबमा खेल्नका लागि ३०० मिलियन युरोको प्रस्ताव आएको सिएनएन पोर्चुगलले दाबी गरेको छ । परिचय नखुलाइएको एक अरबी क्लबले रोनाल्डोलाई फुटबलको इतिहासकै सबैभन्दा ठूलो प्रस्ताव गरेको सिएनएनले दाबी गरेको छ ।

रोनाल्डोको युनाइटेड छाड्ने मनसाय बनाउनुको प्रमुख कारण च्याम्पियन्स लिग खेल्ने इच्छा भएकाले यो प्रस्ताव स्वीकार हुने सम्भावना एकदमै कम छ । युनाइटेडसँग रोनाल्डोको सम्झौता अर्को वर्ष मात्रै सकिने छ । तर, उचित प्रस्ताव आए रोनाल्डोले आफूले युनाइटेड छोड्न चाहेको युनाइटेडलाई बताइसकेका छन् ।