चैत्र ११, २०८२ बुधबार | ०२:४७:३०
नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य

सोमबार बस्ने एन्फा कार्यसमिति बैठकमा ११ एजेन्डा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को साउन २ गते (सोमबार) बस्ने कार्यसमिति बैठकमा ११ एजेन्डामा छलफल हुने भएको छ । एन्फाका महासचिव किरण राईले असार २४ गते सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई पत्राचार गर्दै ११ एजेन्डा र १२औं नम्बरमा विविध लेखेर पठाएका छन् ।

बैठकका लागि तय गरिएको पहिलो एजेन्डामा महिला साफ च्याम्पियनसिपको आयोजना तथा टिम तयारी सम्बन्धमा छलफल हुने भनिएको छ । सोही एजेन्डाको (क) मा उपसमिति निर्माण, (ख) मा स्थान र समय निर्धारण, (ग)मा टिम कोच र टिम मेनेजरको नियुक्ती सम्बन्धमा, (घ) मा एलजिसी, भेन्यू मेनेजर, सेक्युरिटी असिफसर नियुक्ती सम्बन्धमा, (ङ) मा मार्केटिङ र ब्रोडकास्ट राइट सम्बन्धमा, (च) मा टिकट दर र टिकट बिक्री सम्बन्धमा छलफल हुने भनिएको छ ।

यस्तै, दोस्रो बुँदामा पदपूर्ति समिति गठन सम्बन्ध, तेस्रोमा एनएसएल, र चौथोमा सी डिभिजन लिग छनोटबारे मिति स्थान, टिम तथा खेलाडी दर्ता शुल्क लगायत सी श्रेणीमा कतिवटा टिम लाने’ भन्ने विषयमा छलफल हुनेछ ।

पाँचौं बुँदामा भने दैनक फुटबल प्रशिक्षण सञ्चालनबारे छलफल हुने एजेन्डामा उल्लेख छ ।

छैठौं बुँदामा भने यु २० र यु १७ टिम सहभागिता सम्बन्धमा छलफल हुनेछ । सोही बुँदाको (क)मा साफ यु २० ओडिसा भारतमा सहभागिता सम्बन्धमा, (ख) मा साफ यु १७ श्रीलंकामा सहभागिता सम्बन्धमा (प्रशिक्षक र मेनेजर नियुक्ती), (ग) मा एएफसी एसियन कप यु २० छनोट खेल बहाइन, (घ) एएफसी एसियन कप यु १७ छनाट खेल भियतनाम विषय उल्लेख छ ।

यस्तै, सातौं बुँदामा विभिन्न पादधिकारीहरुको नियुक्ती सम्बन्धमा र आठौं एजेन्डामा आर्थिक सहयोगको मापदण्ड निर्माण सम्बन्धमा छलफल हुने पत्रमा उल्ल्ेख छ । आठौं नम्बर बुँदाको (क) मा समिति निर्माण विषय उल्लेख छ ।

यस्तै, नवौं बुँदामा राष्ट्रिय टिम (महिला÷पुरुष) (सियिनर र युथ टिम)लाई बुट÷ग्लोभ्सका लागि रकम तोक्ने सम्बन्धमा छलफल हुनेछ ।

एजेन्डाको १०औं नम्बरमा डलर खाता खोल्ने, ११ मा बस र फर्चुनर विषयलाई समावेश गरिएको छ भने १२औं बुँदामा विविध राखिएको छ ।

एन्फाको असार ६ गते सम्पन्न चुनावले पंकजविक्रम नेम्वाङको नेतृत्वमा चयन गरेको नयाँ कार्यसमितिको यो दोस्रो बैठक हुनेछ । यसअघिको पहिलो बैठकले महासचिवमा किरण राई, विदेश विभाग प्रमुखमा नवीन पाँडेको नियुक्ती तथा बन्द प्रशिक्षणबाट निकालिएका खेलाडीलाई स–सम्मान फिर्ता बोलाउने लगायतका निर्णय गरेको थियो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो