पुस ७, २०८२ मंगलबार | ०७:१९:२२
सालाहको गोलमा इजिप्टको विजयी सुरुआत स्पान्योलको लगातार पाँचौं जित राउल जिमेनेजको कीर्तिमानी पेनाल्टी गोलमा फुलहम विजयी एन्फा यु-१६ युथ लिगः संकटाले भगवतीलाई हरायो तीन पाकिस्तानका खेलाडीले रुकुम पश्चिमबाट खेल्ने शेर्पाविरुद्ध मछिन्द्रको आधा दर्जन गोल, जावलाखेलको सहज जित एनभिए लिगमा २० टिम, विवादपछि गण्डकीले नखेल्ने म्यानचेस्टर युनाइटेडका कप्तान फर्नान्डेज घाइते अफ्रिका कप अफ नेशन्समा मोरक्कोको विजयी सुरुआत रोजर्सको दुई गोलमा युनाइटेडमाथि भिल्लाको जित सालाहको गोलमा इजिप्टको विजयी सुरुआत स्पान्योलको लगातार पाँचौं जित राउल जिमेनेजको कीर्तिमानी पेनाल्टी गोलमा फुलहम विजयी एन्फा यु-१६ युथ लिगः संकटाले भगवतीलाई हरायो तीन पाकिस्तानका खेलाडीले रुकुम पश्चिमबाट खेल्ने शेर्पाविरुद्ध मछिन्द्रको आधा दर्जन गोल, जावलाखेलको सहज जित एनभिए लिगमा २० टिम, विवादपछि गण्डकीले नखेल्ने म्यानचेस्टर युनाइटेडका कप्तान फर्नान्डेज घाइते अफ्रिका कप अफ नेशन्समा मोरक्कोको विजयी सुरुआत रोजर्सको दुई गोलमा युनाइटेडमाथि भिल्लाको जित

सोमबार बस्ने एन्फा कार्यसमिति बैठकमा ११ एजेन्डा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को साउन २ गते (सोमबार) बस्ने कार्यसमिति बैठकमा ११ एजेन्डामा छलफल हुने भएको छ । एन्फाका महासचिव किरण राईले असार २४ गते सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई पत्राचार गर्दै ११ एजेन्डा र १२औं नम्बरमा विविध लेखेर पठाएका छन् ।

बैठकका लागि तय गरिएको पहिलो एजेन्डामा महिला साफ च्याम्पियनसिपको आयोजना तथा टिम तयारी सम्बन्धमा छलफल हुने भनिएको छ । सोही एजेन्डाको (क) मा उपसमिति निर्माण, (ख) मा स्थान र समय निर्धारण, (ग)मा टिम कोच र टिम मेनेजरको नियुक्ती सम्बन्धमा, (घ) मा एलजिसी, भेन्यू मेनेजर, सेक्युरिटी असिफसर नियुक्ती सम्बन्धमा, (ङ) मा मार्केटिङ र ब्रोडकास्ट राइट सम्बन्धमा, (च) मा टिकट दर र टिकट बिक्री सम्बन्धमा छलफल हुने भनिएको छ ।

यस्तै, दोस्रो बुँदामा पदपूर्ति समिति गठन सम्बन्ध, तेस्रोमा एनएसएल, र चौथोमा सी डिभिजन लिग छनोटबारे मिति स्थान, टिम तथा खेलाडी दर्ता शुल्क लगायत सी श्रेणीमा कतिवटा टिम लाने’ भन्ने विषयमा छलफल हुनेछ ।

पाँचौं बुँदामा भने दैनक फुटबल प्रशिक्षण सञ्चालनबारे छलफल हुने एजेन्डामा उल्लेख छ ।

छैठौं बुँदामा भने यु २० र यु १७ टिम सहभागिता सम्बन्धमा छलफल हुनेछ । सोही बुँदाको (क)मा साफ यु २० ओडिसा भारतमा सहभागिता सम्बन्धमा, (ख) मा साफ यु १७ श्रीलंकामा सहभागिता सम्बन्धमा (प्रशिक्षक र मेनेजर नियुक्ती), (ग) मा एएफसी एसियन कप यु २० छनोट खेल बहाइन, (घ) एएफसी एसियन कप यु १७ छनाट खेल भियतनाम विषय उल्लेख छ ।

यस्तै, सातौं बुँदामा विभिन्न पादधिकारीहरुको नियुक्ती सम्बन्धमा र आठौं एजेन्डामा आर्थिक सहयोगको मापदण्ड निर्माण सम्बन्धमा छलफल हुने पत्रमा उल्ल्ेख छ । आठौं नम्बर बुँदाको (क) मा समिति निर्माण विषय उल्लेख छ ।

यस्तै, नवौं बुँदामा राष्ट्रिय टिम (महिला÷पुरुष) (सियिनर र युथ टिम)लाई बुट÷ग्लोभ्सका लागि रकम तोक्ने सम्बन्धमा छलफल हुनेछ ।

एजेन्डाको १०औं नम्बरमा डलर खाता खोल्ने, ११ मा बस र फर्चुनर विषयलाई समावेश गरिएको छ भने १२औं बुँदामा विविध राखिएको छ ।

एन्फाको असार ६ गते सम्पन्न चुनावले पंकजविक्रम नेम्वाङको नेतृत्वमा चयन गरेको नयाँ कार्यसमितिको यो दोस्रो बैठक हुनेछ । यसअघिको पहिलो बैठकले महासचिवमा किरण राई, विदेश विभाग प्रमुखमा नवीन पाँडेको नियुक्ती तथा बन्द प्रशिक्षणबाट निकालिएका खेलाडीलाई स–सम्मान फिर्ता बोलाउने लगायतका निर्णय गरेको थियो । 


भिडियो
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA
SAFF क्लब च्याम्पियनसिपले अब हुने महिला लिगलाई सहयोग गर्न सक्छ ll Anita Basnet, Captain, APF FC
SAFF क्लबको ट्रफी एपीएफ क्लबका लागि मात्र होइन,समग्र नेपालको लागि पनि निकै महत्वपूर्ण छJibesh Pandey
Deleted video
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I