कबड्डी

मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताः आर्मी र एपिएफ उपाधिका लागि भिड्ने

धनगढी । मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टिम नेपाल आर्मी क्लब र सशस्त्र प्रहरी बल एपिएफ क्लब भिड्ने भएका छन् । अखिल नेपाल कबड्डी संघको आयोजनामा धनगढीमा भइरहेको राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधिका लागि यी दुईटोली बुधबार भिड्ने भएका हुन् । 

सुदुरपश्चिम खेलकुद परिषद् मुख्य प्रवर्धक रहेको प्रतियोगिताको दोस्रो दिन लिग चरणका खेलहरु र सेमिफाइल सम्पन्न भएका छन् । पहिलो सेमिफाईनलमा नेपाल आर्मी क्लबले लुम्बिनी प्रदेशलाई ४५–१२ ले हराउँदै उपाधि नजिक पुग्यो । दोस्रो सेमिफाइनल खेलमा एपिएफ क्लबले सुदूरपश्चिमलाई ३७–३२ ले हरायो । 

देशकै सर्वाधिक धनराशीको कबड्डी प्रतियोगिताको विजेताले नगद एक लाख ५० हजार उपविजेताले नगद ८० हजार र सेमिफाइनल पुगेका दुई टोली नगद ४० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र पाउनेछन । 

प्रतियोगिताको बुधबार सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री गोविन्द बाेहराले समापन गर्ने कार्यक्रम रहेको छ ।