भाद्र २, २०८२ मंगलबार | ०७:१०:३०
विज्ञापन बोर्डले गरायो क्यानलाई सचेत नखिपोट खुला फुटसल असोज पहिलो साता ललितपुरको गुडविल एम्बासडरमा आयशा शाक्यकै निरन्तरता ग्लोबल हुप फेस्टः टाइम्स विजयी एनआरटीको विजयी सुरुआत स्ट्याग ग्लोबल च्याम्पियन्स लिगः एभिएम र स्ट्याग अगाडि एफसी रियलेविरुद्ध चर्च ब्वाइजको एकतर्फी जित इटलीकी ओउमायमा कोडिएल काठमाडौं स्पाइकर्समा भुटान पुग्यो नेपाली यु-१७ फुटबल टोली तेक्वान्दो खेलाडी सम्मानित विज्ञापन बोर्डले गरायो क्यानलाई सचेत नखिपोट खुला फुटसल असोज पहिलो साता ललितपुरको गुडविल एम्बासडरमा आयशा शाक्यकै निरन्तरता ग्लोबल हुप फेस्टः टाइम्स विजयी एनआरटीको विजयी सुरुआत स्ट्याग ग्लोबल च्याम्पियन्स लिगः एभिएम र स्ट्याग अगाडि एफसी रियलेविरुद्ध चर्च ब्वाइजको एकतर्फी जित इटलीकी ओउमायमा कोडिएल काठमाडौं स्पाइकर्समा भुटान पुग्यो नेपाली यु-१७ फुटबल टोली तेक्वान्दो खेलाडी सम्मानित

मिनु क्वार्टरफाइनलमा

काठमाडाैं । नेपाल आर्मीकी मिनु गुरुङ गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगितामा मंगलबार क्वार्टरफाइनलमा प्रवेश गरेकी छन् ।

महिला ५१ केजीमा १३औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्णधारी मिनुले मधेश प्रदेशकी रमिशा श्रेष्ठलाई पराजित गरिन् । त्यसै स्पर्धामा एपीएफकी सन्जुमाया थिङले प्रदेश १ की सुस्मिता श्रेष्ठलाई हराइन् । सन्जु पनि क्वार्टरफाइनलमा पुगिन् ।

महिला ५७ केजीमा बाग्मती प्रदेशकी स्वस्तिका तिरुवाले कर्णाली प्रदेशकी सुशिला थापा तथा प्रदेश १ की सुस्मिता राईले सुदूरपश्चिम प्रदेशकी सन्जिता चौधरीलाई पाखा लगाउदै क्वार्टरफाइनल यात्रा तय गरे ।

वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीद्वारा आयोजित प्रतियोगिताको पुरुष ५२ केजीमा गण्डकी प्रदेशका आकाश रानाले लुम्बिनी प्रदेशका सुरज ओली तथा एपीएफका प्रदीप महर्जनले कर्णाली प्रदेशका मोहन गुरुङलाई हराउदै क्वार्टरफाइनलमा पुगे ।

वसन्तपुर डबलीमा भइरहेको प्रतियोगिताको पुरुष ५७ केजीमा नेपाल प्रहरी क्लबका शम्भु राजवंशीले सुदूरपश्चिमका रामबहादुर थापा तथा एपीएफका पुरन राईले बाग्मती प्रदेशका मार्सल गुरुङलाई पाखा लगाउदै क्वार्टरफाइनलमा स्थान बनाए । पुरुष ६३ केजीमा एपीएफका सोनाम सार्की र लुम्बिनीका अनिल पुन मगरले क्वाटरफाइनलमा स्थान सुरक्षित गरे । सोनामले सुदूरपश्चिमका वीरेन्द्र रावल तथा अनिलले प्रदेश १ का तोबिन प्रधानको चुनौती पन्छाए । पुरुष ६९ केजीमा एपीएफका विक्रम चौधरीले मधेशका सचिन शाक्य तथा लुम्बिनीका विकास राना मगरले गण्डकीका सुनिल विकलाई निराश पार्दै क्वार्टरफाइनलमा स्थान पक्का गरे । पुरुष ७५ केजीमा क्वार्टरफाइनलमा पुग्न सफल आर्मीका दीपेश लामाले लुम्बिनीका गणेश सुनारमाथि जित निकाले ।

प्रतियोगिताको पूर्व उपप्रधानमन्त्री एवं गणेशमान सिंह फाउन्डेसनका अध्यक्ष प्रकाशमान सिंहले एक कार्यक्रमबीच उद्घाटन गरे । उक्त अवसरमा १३ औं सागका स्वर्णधारी मिनुसहित भुपेन्द्र थापामगर र सनिल शाहीलाई नगदसहित सम्मान गरिएको थियो । उनीहरुलाई नेपाल बक्सिङ संघ एवं आयोजक कमिटीका सदस्य ओमनारायण श्रेष्ठले व्यक्तिगत १–१ लाख नगद पुरस्कार प्रदान गरे ।
सो अवसरमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले प्रतियोगिता सफलताका लागि शुभकामना दिदै नवौं राष्ट्रिय खेलकुदको तयारीमा जुट्न सरोकारवाला सबैलाई अपिल गरे ।

प्रतियोगितामा पुरुषतर्फ ७ र महिलामा ५ गरी १२ स्पर्धा समावेश छन् । सातै प्रदेश र तीन विभागीय टोली आर्मी, प्रहरी र एपीएफ गरी १० टिमका १ सय २ खेलाडीको सहभागिता रहेको प्रतियोगिता संयोजक राजीव श्रेष्ठले जनाएका छन् । प्रत्येक स्पर्धाका विजेताले २५ हजार, उपविजेताले १५ हजार र तेश्रो हुने २ खेलाडीले समान ७ हजार ५ सय नगद पुरस्कार पाउने छन् । उत्कृष्ट पुरुष खेलाडीलाई मोटरसाइकल र उत्कृष्ट महिला खेलाडीलाई स्कुटर प्रदान गरिने छ । प्रतियोगिता शनिबारसम्म चल्ने छ ।


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II PALESHA GOVERDHAN II MEDALIST, PARALYMPIAN TAEKWANDO PLAYER
FC Reale Nepal : Santosh को सपना, Balgopal को लगाब
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary
Private video