काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला यु(१७ च्याम्पियनसिपका लागि नेपाली नेपाली टोलीको भुटान पुगेको छ ।
टोली भुटान एयरवेजको फ्लाइटमार्फत सोमबार दिउँसाे थिम्पुमा अवतरण गरेको हो ।
अगस्ट २० देखि ३१ सम्म हुने प्रतियोगितामा नेपालसहित, भारत, भुटान र बंगलादेश सहभागी छन् ।
सबैले एक अर्कासँग दुई खेल खेलेपछि शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ । नेपालले भारतसँग २० र २९ अगस्ट, भुटानसँग २२ र ३१ अगस्ट तथा बंगलादेशसँग २४ र २७ अगस्टमा प्रतिस्पर्धा गर्नेछ ।
नेपाली टाेली
गाेलकिपर: झरना डुम्राकोटी, लक्ष्मी ओली, गंगा गुरुङ
रक्षक: दिक्षा रायमाझी, सम्झना चन्द, एलिजाकुमारी विक, ज्ञानुडोल्मा लो, पूर्णिमा ताडी, अनु माझी, मिनमाया श्रेष्ठ ,अन्शु विक
मिडफिल्डर: डिकी स्याङ्बोतामाङ,कृतिशा तामाङ, रविना विक, सहारा लिम्बु, बविता कार्की,भूमिका बुढाथोकी, आशिका कार्की, सिर्जना बडुवाल
फरवार्ड: अस्मिता मगर, यमकुमारी विक, अनिता रानामगर,दिक्षा रनपाल