भाद्र १, २०८२ सोमबार | १६:३०:२९
इटलीकी ओउमायमा कोडिएल काठमाडौं स्पाइकर्समा भुटान पुग्यो नेपाली यु-१७ फुटबल टोली तेक्वान्दो खेलाडी सम्मानित मनिष तिमल्सिना अफगानिस्तानको गोलकिपर प्रशिक्षक एसियन आइटिएफ तेक्वान्दो च्याम्पियन्स लिगमा नेपालले जित्यो दुई पदक टप एन्ड ट्वान्टी-२० शृंखलाः नेपालको लगातार तेस्रो हार पिएसजीको विजयी सुरुआत आर्सनलको कठिन जित नेपाली यु-१७ फुटबल टोली भुटान प्रस्थान मेलबर्न स्टार्सले दियो नेपाललाई १७६ रनको लक्ष्य इटलीकी ओउमायमा कोडिएल काठमाडौं स्पाइकर्समा भुटान पुग्यो नेपाली यु-१७ फुटबल टोली तेक्वान्दो खेलाडी सम्मानित मनिष तिमल्सिना अफगानिस्तानको गोलकिपर प्रशिक्षक एसियन आइटिएफ तेक्वान्दो च्याम्पियन्स लिगमा नेपालले जित्यो दुई पदक टप एन्ड ट्वान्टी-२० शृंखलाः नेपालको लगातार तेस्रो हार पिएसजीको विजयी सुरुआत आर्सनलको कठिन जित नेपाली यु-१७ फुटबल टोली भुटान प्रस्थान मेलबर्न स्टार्सले दियो नेपाललाई १७६ रनको लक्ष्य

मनिष तिमल्सिना अफगानिस्तानको गोलकिपर प्रशिक्षक

काठमाडौं  ।  नेपालका मनिष तिमल्सिना अफगानिस्तान राष्ट्रिय फुटबल टोलीको गोलकिपर प्रशिक्षक नियुक्त भएका छन् । उनले सोमबारबाटै प्रशिक्षण सुरु गराएका छन्।

अफगानिस्तानले काफा नेसनल कपका लागि ताजकिस्तानमा अभ्यास सुरु गरेको छ। टोलीको मुख्य प्रशिक्षकमा नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक  भिसेन्जो एनेस छन् ।

यससँगै नेपाली राष्ट्रिय फुटबल टोलीमा पनि काम गरिसकेका मनिष विदेशी राष्ट्रिय टोलीमा प्रशिक्षण दिने पहिलो नेपाली प्रशिक्षक बनेका छन् ।

यसअघि बालगोपाल महर्जनलगायत केही प्रशिक्षकले विदेश क्लब भने हेरेका थिए ।

मनिषले यसअघि नेपालको राष्ट्रिय टोलीका साथै विभिन्न उमेर समूह, मनाङ मर्स्याङदी क्लब तथा भारतको पन्जाब एफसी,गोकुलम केरला जस्ता टोलीमा पनि गोलपिकर प्रशिक्षक भएर काम गरिसकेको छ  ।

एक दशक यता प्रशिक्षणमा संलग्न मनिष एएफसी गोलकिपिङ ‘ए’ डिप्लोमा लाइसेन्स हासिल गर्ने पहिलो नेपाली पनि हुन् ।

ताजाकिस्तानबाट खेलाडी डट कमसँग मनिषले भने, ‘एउटा नयाँ जिम्मेवारी पाएको छु। व्यवसायिक प्रशिक्षक भएपछि यसलाई स्वीकार गर्नुपर्छ ।

प्रशिक्षक मनिषले एन्फाले माग गरेको अवस्थामा देशमै उपलब्ध हुने पनि बताए ।

काफा नेसनल कपमा आयोजक ताजिकिस्तान, इरान अफगानिस्तान, तुर्किमेनिस्ता, किर्गिस्तान, उज्वेकिस्तासँगै आमन्त्रित टोलीका रूपमा भारत र ओमानले सहभागिता जनाउँदैछन् ।  


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II PALESHA GOVERDHAN II MEDALIST, PARALYMPIAN TAEKWANDO PLAYER
FC Reale Nepal : Santosh को सपना, Balgopal को लगाब
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary
Private video