काठमाडौं । एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) को फ्रेन्चाइज टोली ललितपुर क्विन्सले तेक्वान्दोकी आयशा शाक्यलाई दोस्रो संस्करणका लागि पनि आफ्नो गुडविल एम्बासडरमा निरन्तरता दिएको छ ।
सोमबार क्लबका अध्यक्ष रमेश पराजुली र आयशाले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
दक्षिण एसियाली खेलकुदमा तीन स्वर्ण पदक विजेता आयशाले ललितपुर क्विन्ससँगकाे सम्झौता नवीकरण गर्न पाउँदा आफू हर्षित भएको बताइन् । ‘फेरी पनि ललितपुर क्विन्ससँग सम्झौता गर्न पाउँदा निकै खुसी छु,’आयशाले भनिन् ,‘ललितपुर क्विन्स परिवारलाई धेरै धन्यवाद । यो मेरो लागि सम्मानको कुरा हो ।’
ललितपुर घरेलु भलिबलमा सफल प्रशिक्षक मध्ये एक उत्सव खड्काको नेतृत्वमा छ । सलिना श्रेष्ठ मार्की रहेको ललितपुरले अक्सनबाट संगम महतो, लक्ष्मी चन्द, सुनिता राई, सलिना बुढामगर, निशा चौधरी, सृष्टि खड्गी र भावना डाँगीलाई भित्र्याएको थियो ।
इडब्लुभिएलको दोस्रो संस्करण भदौ २० देखि २८ सम्म हुनेछ ।