श्रावण ३०, २०८२ शुक्रबार | ०३:०४:४६
हिमालयन क्वीन्स ग्याम्बिट आइतबार हुने हक्कीको पूर्वाधार बनाउन धुलिखेल नगरपालिकाले जग्गा दिने आरआरए क्रिकेटः डिएभी च्याम्पियन धम्पुसमा तीज मेला हुने, भलिबल र डोरी तान्ने खेल मुख्य आकर्षण एन्फा महिला लिग छनोटः संकटाको कठिन जित काठमाडौं स्पाइकर्सको गुडविल एम्बासडरमा मोडल तथा नायिका अदिती बुढाथोकी अनन्त तामाङ बंगलादेशी क्लब फर्टिस एफसीमा अनुबन्ध विश्व एक्वेटिक जुनियर च्याम्पियनसिपमा दुई नेपाली खेलाडी एसियन पावरलिफ्टिङ च्याम्पियनसिपको तयारी पूरा एन्फा राष्ट्रिय महिला लिग छनोटः रियलेविरुद्ध छहारीको जित हिमालयन क्वीन्स ग्याम्बिट आइतबार हुने हक्कीको पूर्वाधार बनाउन धुलिखेल नगरपालिकाले जग्गा दिने आरआरए क्रिकेटः डिएभी च्याम्पियन धम्पुसमा तीज मेला हुने, भलिबल र डोरी तान्ने खेल मुख्य आकर्षण एन्फा महिला लिग छनोटः संकटाको कठिन जित काठमाडौं स्पाइकर्सको गुडविल एम्बासडरमा मोडल तथा नायिका अदिती बुढाथोकी अनन्त तामाङ बंगलादेशी क्लब फर्टिस एफसीमा अनुबन्ध विश्व एक्वेटिक जुनियर च्याम्पियनसिपमा दुई नेपाली खेलाडी एसियन पावरलिफ्टिङ च्याम्पियनसिपको तयारी पूरा एन्फा राष्ट्रिय महिला लिग छनोटः रियलेविरुद्ध छहारीको जित

काठमाडौं स्पाइकर्सको गुडविल एम्बासडरमा मोडल तथा नायिका अदिती बुढाथोकी

तस्विरः अदिती बुढाथोकीको फेसबुकबाट ।

काठमाडौं । एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) को फ्रेन्चाइज टोली काठमाडौ स्पाइकर्सले मुम्बईमा बसोबास गर्दै आएकी नेपाली मोडल तथा नायिका अदिती बुढाथोकीलाई गुडविल एम्बासडर नियुक्त गरेको छ ।

काठमाडौं स्पाइकर्सले बिहीबार इडब्लभिएको दोस्रो संस्करणका लागि अदितीलाई गुडबिल एम्बासडरका रूपमा सार्वजनिक गरेको हो ।

अदितीले नेपालको राष्ट्रिय खेल भलिबलको महिला लिगको फ्रेन्चाइज टिमसँग गुडविल एम्बासडरको रूपमा जोडिन पाउँदा एकदमै खुशी लागेको बताइन् ।  ‘एभरेस्ट महिला भलिबल लिग नेपाली महिला भलिबलका लागि ऐतिहासिक प्रतियोगिता हो । त्यसमा राजधानीको प्रतिनिधित्व गर्ने टिम काठमाडौं स्पाइकर्ससँग जोडिन पाउँदा म एकदमै खुशी छु,’ अदितीले भनिन्,‘ ‘हरेक पटक जब म यी एथलिटलाई कोर्टमा प्रवेश गर्न देख्छु, म गर्वको एक अद्भुत लहर महसुस गर्छु । उनीहरूले खेल खेल्दा नयाँ पुस्ताका बालिकाहरूलाई बलियो हुनु, निडर हुनु र आफ्नो सपनालाई सम्पूर्ण समर्पणका साथ पछ्याउनु भन्ने कुरा देखाइरहेका हुन्छन् ।’

नेपाली राष्ट्रिय महिला भलिबल टिमकी स्पाइकर उषा भण्डारी मार्की रहेको काठमाडौंमा मनिषा चौधरी, यमुना रसाइली, रिमा कुँवर, बाल्मिका आचार्य, कमला पुन, आशिका क्षेत्री, भुवनेश्वरी चन्द छन्  ।

यसैगरी टोलीले विदेशी खेलाडीका रूपमा बुल्गेरियन सेटर नेकोभा निकोलाएभा तथा काजकिस्ताकी अपोजिट हिटर अलेना कोलोतीजिनालाई भित्र्याएको छ ।

यस्तै टोलीले लोकबहादुर बुढालाई प्रशिक्षण जिम्मेवारी सुम्पिएको छ ।  इडब्लुभिएलको दोस्रो संस्करण आगामी भदौ २० देखि २८ गतेसम्म हुनेछ ।


भिडियो
FC Reale Nepal : Santosh को सपना, Balgopal को लगाब
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary
Private video
Deleted video