श्रावण २४, २०८२ शनिबार | १७:१८:१२
सूर्य विराटनगरमा चितवन लागे अर्जुन हेमन्त सुदूरपश्चिममा दिलिप नाथ लुम्बिनीमा देव खनाल चितवन राइनोजमा उत्तर कोरियासँग पराजित भएपछि भुटानको एसियन कप पुग्ने सम्भावना समाप्त एनओसी विवाद र स्वार्थसमूहबाट दिग्भ्रमित खेलमन्त्री पिपल्स च्वाइसः पल्सर स्पोर्टस अवार्डको लोकप्रिय विधा एनपिएल अक्सन आजः ३७ खेलाडीका लागि ४ करोड बोकेर आठ टिम प्रतिस्पर्धामा तेन्दुलकरको कीर्तिमान पछ्याउँदै रुट सूर्य विराटनगरमा चितवन लागे अर्जुन हेमन्त सुदूरपश्चिममा दिलिप नाथ लुम्बिनीमा देव खनाल चितवन राइनोजमा उत्तर कोरियासँग पराजित भएपछि भुटानको एसियन कप पुग्ने सम्भावना समाप्त एनओसी विवाद र स्वार्थसमूहबाट दिग्भ्रमित खेलमन्त्री पिपल्स च्वाइसः पल्सर स्पोर्टस अवार्डको लोकप्रिय विधा एनपिएल अक्सन आजः ३७ खेलाडीका लागि ४ करोड बोकेर आठ टिम प्रतिस्पर्धामा तेन्दुलकरको कीर्तिमान पछ्याउँदै रुट
शनिबारको दिन शनिबारको दिन

पोखरेली माहोलमा रम्ने फ्रेन्चाइज भलिबलको तयारी

काठमाडौं । एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) को दोस्रो संस्करण पर्यटकीय सहर पोखरामा हुने पक्का भइसकेको छ । नेपाल भलिबल संघको प्राविधिक सहयोगमा आयोजक इन्फिनिटी ड्रिम्सले दोस्रो संस्करण पोखरामा गर्ने निर्णय गरेको हो । पहिलो संस्करण राजधानी काठमाडौंमा सफलतापूर्वक सम्पन्न गरेपछि आयोजक दोस्रो संस्करण काठमाडौं उपत्यका बाहिर लैजान तयार भएको थियो ।

काठमाडौंको विकल्पको रूपमा इन्फिनिटीले खेलकुदको अर्काे हब सहर पोखरा रोजेको हो । आहारारा गोल्डकप फुटबलले पोखरेली समर्थकलाई सधैं खेलकुदमा लाग्न प्रेरित गरिरह्यो । त्यसलाई बुट्टा भर्ने काम टाइगर्स कपलगायत भलिबल प्रतियोगिताले गरेको छ ।

पछिल्लो समय फुटबलमा मैदानसम्म पुग्ने समर्थकको रुचि घट्दै जाँदा पोखरामा भलिबलले भने उत्साहजनक साथ पाउँदै आएको छ । आयोजकले मनग्य कमाउन थालेका छन् । खेलाडीले पनि पोखरामा खेल्ने भनेपछि छुट्टै जोस देखाउन थालेको पाइन्छ ।

इडब्लुभिएलकाे दोस्रो संस्करण पोखरामा भदौ २० देखि २८ सम्म हुनेछ । 

यही माहोल देखेपछि इन्फिनिटी पनि पोखरामा प्रतियोगिता लैजान तयार भएको हो । एभरेस्ट महिला भलिबलको परिकल्पनाकार आमिर अख्तर पोखरा भलिबलकै हब भएकाले दोस्रो संस्करण गर्न उत्साही भएको बताउँछन् । ‘पोखरा खेलकुदको हब हो । विशेषतः यहाँ भलिबल समर्थकको छुट्टै क्रेज छ । त्यसैले पनि काठमाडौं उपत्यका यसपालि छाड्ने योजना बनायौं ।’

पहिलो संस्करणको विजेता कर्णाली याश्विस , तस्विर: सरोज सापकोटा/खेलाडी । 

इडब्लुभिएलकाे दोस्रो संस्करण पोखरामा भदौ २० देखि २८ सम्म हुनेछ । जसमा साबिक विजेता कर्णाली यश्विससँगै उपविजेता ललितपुर क्विन्स, काठमाडौं स्पाइकर्स, पोखरा निन्जाज, लुम्बिनी जाभाज र मधेश युनाइटेड प्रतिस्पर्धी हुनेछन् ।

अख्तर यो सिजन थप माहोल तताउन तयार भएको बताउँछन् । ‘हामी काठमाडौंमा जे गरेका थियौं । त्यो भन्दा राम्रो गर्ने तयारीमा छौं । पोखरामा सधैं हुने भन्दा फरक माहोल बनाउँछौं । त्यसका लागि गृहकार्य भइरहेको छ ।’

९ दिन चल्ने प्रतियोगितामा ठूलो सांगीतिक प्रदर्शन, चर्चित कलाकारको सहभागिता रहने आयोजकको दाबी छ । विभिन्न टोलीबाट खेल्न ब्राजिल, रसिया, टर्की, थाइल्यान्डलगायत ११ राष्ट्रका खेलाडी आउने पक्का भइसकेको आयोजकले जनाएको छ ।

अक्सनबाट ७४ मध्ये ४२ खेलाडी बिक्री भएका छन् । अपोजिट हिटरतर्फ २०, सेटर १६, अपसाइट स्पाइकर १४, मिडल ब्लकर १४ र लिबेरो १० खेलाडी विभिन्न टिमले किनेका छन् ।

दोस्रो संस्करणको लागि महानायक राजेश हमाल तथा नायिका नीति शाह टिमसँग जोडिसकेका छन् । उनीहरूको सहभागिताले प्रतियोगिताले माहोल ल्याउने विश्वास लिएको अख्तर बताउँछन् ।

आयोजकले तीन हजार दर्शक क्षमताको कभर्डहललाई अझै व्यवस्थित र समर्थक मैत्री बनाउने योजना बनाउँदै छ । यता, अक्सनबाट ७४ मध्ये ४२ खेलाडी बिक्री भएका छन् । अपोजिट हिटरतर्फ २०, सेटर १६, अपसाइट स्पाइकर १४, मिडल ब्लकर १४ र लिबेरो १० खेलाडी विभिन्न टिमले किनेका छन् ।

टिमहरूले १२ सदस्यमध्ये मार्कीलाई निरन्तरता दिँदा सात खेलाडी अक्सनबाट किनिसकेका छन् । अब, टोलीले तीन विदेशी र एक ट्यालेन्ट हन्टबाट खेलाडी छनोट गर्ने बाँकी छ ।

पहिलो संस्करणको फाइनलमा प्रतिस्पर्धा गर्दै कर्णाली याश्विस र ललितपुर क्विन्स, तस्विर: सरोज सापकोटा/खेलाडी  । 

प्रतियोगिताका लागि आयोजकले पहिलो पटक अक्सन नै गरेको थियो । यसअघि ड्राफ्टमा खेलाडी बाँडिएको थियो । अक्सनमा खेलाडीका लागि न्युनतम ५ हजारदेखि एक लाख ३२ हजार २ सय ५० रुपैयाँसम्म खर्च गर्न पाउने प्रावधान थियो । कोही खेलाडी कम मूल्य ५० हजार रुपैयाँमा पनि बिक्री भएका छन् । अक्सनमा ६ टोलीले कुल ३६ लाख ६८ हजार ७ सय ५० खर्च गरेका छन् । उच्च मूल्य पाउने खेलाडी पाँचमात्रै छन् ।

नेपाली राष्ट्रिय टोलीकी कप्तान तथा लुम्बिनीकी मार्की अरुणा शाही पोखरामा खेल्न उत्साहित भएको बताउँछिन् । ‘म पोखराकै हुँ । तर, व्यावसायिक खेल खेल्न लुम्बिनी अनुबन्ध भए । पोखरेली समर्थकमाझ खेल्न उत्साही छु,’ उनले भनिन् ।

मधेशकी स्पाइकर आरती सुवेदी पनि पोखरामा हुने प्रतियोगिताबाट कमब्याक गर्ने योजनामा छिन् । लामो समय घाइते भएपछि उनी कोर्टबाहिर छिन् । पोखरामै तीन महिनाअघि भएको राष्ट्रिय लिग खेले पनि स्वभाविक लय समात्न सकिनन् । ‘अन्तिम पटक विभागीय टोली आर्मीबाट खेल्दा स्वभाविक लय समात्न सकेको थिइनँ । उत्कृष्ट कमब्याक गर्न फ्रेन्चाइज प्रतियोगिता माध्यम बनेको छ । यसलाई भरपूर सदुपयोग गर्नेछु । तयारी पनि सोही अनुसार छ,’ उनले आफ्नो पुनरागमनबारे सुनाइन् ।

इडब्लुभिएलको अक्सनमा सहभागी काठमाडौं स्पाइकर्सको टोली, तस्विर: सरोज सापकोटा/खेलाडी  । 

टिम र खेलाडी सूची:

कर्णाली यश्विसमार्की खेलाडी– सुमित्रा रेग्मीप्रशिक्षक – कुमार राईसाफिया पुनरश्मिता दुराजसना महतोपूजा थारुनेबिका चौधरीरेबिका लामा तमुएलिसा भुजु

ललितपुर क्विन्समार्की खेलाडी – सलिना श्रेष्ठप्रशिक्षक– उत्सव खड्कासंगम महतोलक्ष्मी चन्दसुनीता राईसलिना बुढामगरसृष्टि खड्गीभावना डाँगीनिशा चौधरी

पोखरा निन्जाजमार्की खेलाडी– प्रगति नाथप्रशिक्षक– रुपेशकुमार विष्टपुनम चन्दमीना सुनारगरिमा बोहरासुनीता खत्रीएञ्जिला प्रधाननिशा महराभावना तामाङ

काठमाडौं स्पाइकर्समार्की खेलाडी– उषा भण्डारीप्रशिक्षक– लोकेश बुढाकविता भट्टमनीषा चौधरीयमुना रसाइलीरस्मा कुँवरवाल्मीकि आचार्यकमला पुनआशिका क्षेत्री

लुम्बिनी लाभामार्की खेलाडी – अरुणा शाहीप्रशिक्षक– भरत यादवकामना विष्टएलिसा मानन्धरशान्तिकला तामाङजेनिशा बिकरोमा महतोअनुशा चौधरीरिन्जना भोटे

मधेश युनाइटेडमार्की खेलाडी– निरुता ठगुन्नाप्रशिक्षक– कोपिला उप्रेतीआरती सुवेदी कोपिला रानासरस्वती कट्टेलउषा विष्टबबिता बोहरावसन्ती साउदस्नेहा ठगुन्ना