श्रावण २७, २०८२ मंगलबार | ००:३४:२१
जुनियर दक्षिण एसियाली क्षेत्रिय खेलकुदमा १२ नेपाली ब्याडमिन्टन खेलाडी यु-१६ फुटबल लिगः चर्च ब्वाइज र एनआरटीले अंक बाँडे आरआरए क्रिकेटः ब्लुबर्ड, अपी, डिएभी, मनकामना र एलआरआइको जित उषा र पुनमले माल्दिभ्समा खेल्ने लोकबहादुर बुढा काठमाडौं स्पाइकर्सको मुख्य प्रशिक्षक डिएभी फेस्ट सुरु टिपटोलाई हिमालय स्मृति फुटसलको उपाधि स्वदेश फर्कियो यु-२० महिला फुटबल टोली इन्टर मियामीविरुद्ध ओर्लान्डो सिटीको सहज जित दक्षिण अफ्रिकाविरुद्धको पहिलो ट्वान्टी-२० मा अस्ट्रेलिया विजयी जुनियर दक्षिण एसियाली क्षेत्रिय खेलकुदमा १२ नेपाली ब्याडमिन्टन खेलाडी यु-१६ फुटबल लिगः चर्च ब्वाइज र एनआरटीले अंक बाँडे आरआरए क्रिकेटः ब्लुबर्ड, अपी, डिएभी, मनकामना र एलआरआइको जित उषा र पुनमले माल्दिभ्समा खेल्ने लोकबहादुर बुढा काठमाडौं स्पाइकर्सको मुख्य प्रशिक्षक डिएभी फेस्ट सुरु टिपटोलाई हिमालय स्मृति फुटसलको उपाधि स्वदेश फर्कियो यु-२० महिला फुटबल टोली इन्टर मियामीविरुद्ध ओर्लान्डो सिटीको सहज जित दक्षिण अफ्रिकाविरुद्धको पहिलो ट्वान्टी-२० मा अस्ट्रेलिया विजयी

लोकबहादुर बुढा काठमाडौं स्पाइकर्सको मुख्य प्रशिक्षक

काठमाडौं । एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) को फ्रेन्चाइज टोली काठमाडौं स्पाइकरले लोकबहादुर बुढालाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।

खेलाडी र प्रशिक्षकको भूमिकामा लामो समयदेखि भलिबलसँग जोडिएका बुढाले पहिलो पटक फ्रेन्चाइज भलिबल लिगमा प्रशिक्षकको जिम्मेवारी पाएका हुन् ।

पहिलो संस्करणमा काठमाडौंको मुख्य प्रशिक्षकमा नेपाली महिला राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक पनि रहेका जगदिश भट्ट थिए । भट्ट प्रतियोगिताको डाइरेक्टर भएकाले उनले काठमाडौंको प्रशिक्षक छोडेका हुन् ।

त्रिभुवन आर्मी क्लबबाट खेलको बुढा अहिले सोही क्लबको प्रशिक्षण जिम्मेवारी सम्हाली रहेका छन् । उनले राष्ट्रिय टिममा कोचिङ स्टाफको रूपमा काम गरिसकेका छन् ।

बुढाको प्रशिक्षण अनुभवले राम्रो नतिजा निकाल्ने  काठमाडौंलेले विश्वास लिएको छ । बुढाले आफ्नो जिम्मेवारी पूरा गर्ने र राम्रो नतिजा ल्याउन प्रयास गर्ने बताएका छन् ।

एभरेस्ट महिला भलिबल लिगको प्रशिक्षकमा नियुक्त हुँदा खुशी छु र काठमाडौंलाई धन्यवाद दिन चाहन्छु । प्रशिक्षकको रुपमा पहिले देखि काम गरिरहेको छु। अक्सनबाट खेलाडीहरु अनुबन्ध भइसकेको छ । अब छिटै विदेशी खेलाडीहरु पनि अनुबन्ध हुने चरणमा छ । म टोलीलाई राम्रो नतिजा दिलाउन प्रयास गर्नेछु,’ बुढाले भने ।          

नेपाली राष्ट्रिय महिला टोलीकी स्पाइकर उषा भण्डारी मार्की रहेको काठमाडौंमा मनिषा चौधरी, यमुना रसाइँली, रिमा कुँवर, बाल्मिका आचार्य, कमला पुन, आशिका क्षेत्री, भुवनेश्वरी चन्द छन् ।

यसअघि अक्सनबाट कविता भट्टलाई भित्र्याए पनि अस्ट्रेलिया गएका कारण उनको स्थानमा भुवनेश्वरी चन्दलाई राखिएको काठमाडौंले जनाएको छ।

इडब्लुभिएलको दोस्रो संस्करण भदौ २० देखि २८ सम्म हुँदैछ ।


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary
Private video
Deleted video
Deleted video
नेपाली महिला फुटबलको स्वर्णिम पुश्ताको कप्तान को ? कप्तान विवादमा के भन्छन् पूर्व कप्तानहरु ?