चैत्र ३, २०८२ मंगलबार | ०२:२४:३३
लालिगुँरास र आर्मीको जित, मछिन्द्रले अंक दूरी बढाउने मौका गुमायो फाइनल खेल चिन्नास्वामीमा गर्न स्विकृती एन्फासँग ए डिभिजन क्लबका सात माग पुलिसविरुद्ध दुई गोलको अग्रता जोगाउन नसक्दा सातदोबाटो आठौं खेलसम्म पनि जितविहीन देशको सेवाका लागि जुनसुकै भूमिकाबाट अघि रहने ज्ञानेन्दको भनाइ राष्ट्रिय लिगः मछिन्द्रलाई अंक दूरी बढाउने अवसर पाकिस्तानलाई हराउँदै बंगलादेशले सिरिज जित्यो मिलान पराजित बार्सिलोनाका सानदार जित, बनायो ४ अंकको अग्रता युनाइटेडको जित, लिभरपुल रोकियो लालिगुँरास र आर्मीको जित, मछिन्द्रले अंक दूरी बढाउने मौका गुमायो फाइनल खेल चिन्नास्वामीमा गर्न स्विकृती एन्फासँग ए डिभिजन क्लबका सात माग पुलिसविरुद्ध दुई गोलको अग्रता जोगाउन नसक्दा सातदोबाटो आठौं खेलसम्म पनि जितविहीन देशको सेवाका लागि जुनसुकै भूमिकाबाट अघि रहने ज्ञानेन्दको भनाइ राष्ट्रिय लिगः मछिन्द्रलाई अंक दूरी बढाउने अवसर पाकिस्तानलाई हराउँदै बंगलादेशले सिरिज जित्यो मिलान पराजित बार्सिलोनाका सानदार जित, बनायो ४ अंकको अग्रता युनाइटेडको जित, लिभरपुल रोकियो

एसियन पावरलिफ्टिङ च्याम्पियनसिपको तयारी पूरा

काठमाडौं । शुक्रबार (भोलि)बाट सुरु हुने एसियन पावरलिफ्टिङ च्याम्पियनसिप २०२५ को तयारी पूरा भएको छ ।

आयोजक नेपाली युथ फिटनेश एन्ड केलिसथेनिक्सले बिहीबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको हो ।

विश्व पावरलिफ्टिङको साझेदारीमा आयोजना हुन लागेको प्रतियोगिता राजधानीस्थित नेपाल पुलिस क्लब परिसरमा रहेको सभा हलमा हुनेछ ।

तीन दिनसम्म चल्ने प्रतियोगितामा नेपालसँगै अस्ट्रेलिया, दक्षिण एसियाली राष्ट्रहरुः श्रीलंका, पाकिस्तान  र भारतका कूल १२० खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रतियोगितामा पावरलिफ्टिङ, बेन्च वन्ली, डेडलिफ्ट वन्ली गरि तीन विधा समावेश रहनेछन् । हरेक विधा १६ वटा तौल समूह (८ पुरुषतर्फ र ८ महिलातर्फ) र २४ वटा उमेर समूह (१२ पुरुषतर्फ र १२ महिलातर्फ)मा विभाजन गरिएको छ । प्रतियोगितामा कूल ११ सय ५२ वटा फरक-फरक समूहमा सहभागी खेलाडीबीच प्रतिस्पर्धा गराइनेछ ।

प्रत्येक तौल र उमेर समूहको प्रतिस्पर्धामा प्रथम, द्धित्तीय र तृतीय स्थान हासिल गर्न सफल खेलाडीले मेडल, ट्रफी र आकर्षक पुरस्कार प्राप्त गर्नेछन् ।

त्यस्तै ‘लक्की ड्र’मार्फत भाग्यशाली ५ जना खेलाडीलाई ‘प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स’को १० लाख बराबरको एक वर्षे जीवन विमा प्रदान गरिने आयोजकले बताएको छ ।

निजी संस्थाले एन्टिडोपिङ परीक्षण गराएर अन्तर्राष्ट्रिय स्तरको एसियन पावर लिफ्टिङ च्याम्पियनसिप नेपालमा पहिलो पटक हुन लागेको हो ।

प्रतियोगिताको प्रमुख प्रायोजकमा ‘हिमालय क्विस्ता प्रो’ छ ।


भिडियो
अबको दिनमा पनि एन्फाले एकोहोरो निर्णय गरेमा नेपाली फुटबलले अर्कै रुप लिनेछ : BISHWAS BIKRAM SHAH
यसरी दिनको तीवटा खेल खेलेर राष्ट्रिय लिग हुँदैन : KARMA TSHERING SHERPA
अहिलेका नेतृत्वमा कसरी एन्फा कब्जा गरौं भन्ने मात्र छ : UPENDRA MAN SINGH
नेपालमा स्तरीय खेलाडी छन अन्तर्राष्ट्रिय फुटबलमा एडप्ट गर्न नसकेका हुन्ः GUGLIELMO ARENA HEAD COACH
साफ च्याम्पियनसिपसम्म सहायक प्रशिक्षकको टोलीले नै मुख्य प्रशिक्षकलाई साथ दिनेछन्ः HARI KHADKA
Deleted video
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने