पुस ६, २०८२ सोमबार | १५:४५:५१
शेर्पाविरुद्ध मछिन्द्रको आधा दर्जन गोल, जावलाखेलको सहज जित एनभिए लिगमा २० टिम, विवादपछि गण्डकीले नखेल्ने म्यानचेस्टर युनाइटेडका कप्तान फर्नान्डेज घाइते अफ्रिका कप अफ नेशन्समा मोरक्कोको विजयी सुरुआत रोजर्सको दुई गोलमा युनाइटेडमाथि भिल्लाको जित १० खेलाडीमा सीमित भियारियालमाथि शीर्ष टोली बार्सिलोनाको जित अपराजित बायर्नमा केनको प्रभाव कायम इटालियन सिरी ‘ए’मा फियोरेन्टिनाको पहिलो जित राष्ट्रिय बास्केटबल लिगको लागि छनोट प्रतियोगिता हुँदै एन्फा यु-१६ युथ लिगः फ्रेन्ड्स, चर्च ब्वाइज र मनाङ मर्स्याङ्दीको जित शेर्पाविरुद्ध मछिन्द्रको आधा दर्जन गोल, जावलाखेलको सहज जित एनभिए लिगमा २० टिम, विवादपछि गण्डकीले नखेल्ने म्यानचेस्टर युनाइटेडका कप्तान फर्नान्डेज घाइते अफ्रिका कप अफ नेशन्समा मोरक्कोको विजयी सुरुआत रोजर्सको दुई गोलमा युनाइटेडमाथि भिल्लाको जित १० खेलाडीमा सीमित भियारियालमाथि शीर्ष टोली बार्सिलोनाको जित अपराजित बायर्नमा केनको प्रभाव कायम इटालियन सिरी ‘ए’मा फियोरेन्टिनाको पहिलो जित राष्ट्रिय बास्केटबल लिगको लागि छनोट प्रतियोगिता हुँदै एन्फा यु-१६ युथ लिगः फ्रेन्ड्स, चर्च ब्वाइज र मनाङ मर्स्याङ्दीको जित

एसियन पावरलिफ्टिङ च्याम्पियनसिपको तयारी पूरा

काठमाडौं । शुक्रबार (भोलि)बाट सुरु हुने एसियन पावरलिफ्टिङ च्याम्पियनसिप २०२५ को तयारी पूरा भएको छ ।

आयोजक नेपाली युथ फिटनेश एन्ड केलिसथेनिक्सले बिहीबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको हो ।

विश्व पावरलिफ्टिङको साझेदारीमा आयोजना हुन लागेको प्रतियोगिता राजधानीस्थित नेपाल पुलिस क्लब परिसरमा रहेको सभा हलमा हुनेछ ।

तीन दिनसम्म चल्ने प्रतियोगितामा नेपालसँगै अस्ट्रेलिया, दक्षिण एसियाली राष्ट्रहरुः श्रीलंका, पाकिस्तान  र भारतका कूल १२० खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रतियोगितामा पावरलिफ्टिङ, बेन्च वन्ली, डेडलिफ्ट वन्ली गरि तीन विधा समावेश रहनेछन् । हरेक विधा १६ वटा तौल समूह (८ पुरुषतर्फ र ८ महिलातर्फ) र २४ वटा उमेर समूह (१२ पुरुषतर्फ र १२ महिलातर्फ)मा विभाजन गरिएको छ । प्रतियोगितामा कूल ११ सय ५२ वटा फरक-फरक समूहमा सहभागी खेलाडीबीच प्रतिस्पर्धा गराइनेछ ।

प्रत्येक तौल र उमेर समूहको प्रतिस्पर्धामा प्रथम, द्धित्तीय र तृतीय स्थान हासिल गर्न सफल खेलाडीले मेडल, ट्रफी र आकर्षक पुरस्कार प्राप्त गर्नेछन् ।

त्यस्तै ‘लक्की ड्र’मार्फत भाग्यशाली ५ जना खेलाडीलाई ‘प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स’को १० लाख बराबरको एक वर्षे जीवन विमा प्रदान गरिने आयोजकले बताएको छ ।

निजी संस्थाले एन्टिडोपिङ परीक्षण गराएर अन्तर्राष्ट्रिय स्तरको एसियन पावर लिफ्टिङ च्याम्पियनसिप नेपालमा पहिलो पटक हुन लागेको हो ।

प्रतियोगिताको प्रमुख प्रायोजकमा ‘हिमालय क्विस्ता प्रो’ छ ।


भिडियो
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA
SAFF क्लब च्याम्पियनसिपले अब हुने महिला लिगलाई सहयोग गर्न सक्छ ll Anita Basnet, Captain, APF FC
SAFF क्लबको ट्रफी एपीएफ क्लबका लागि मात्र होइन,समग्र नेपालको लागि पनि निकै महत्वपूर्ण छJibesh Pandey
Deleted video
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I